रोयलको लगातार दोश्रो जित

रोयलको लगातार दोश्रो जित

कपन अनलाइन

काठमाडौं, फागुन १५ ।आयोजक रोयल स्पोर्ट्स सेन्ट्रलले प्रथम रोयल राष्ट्रव्यापी यु–२३ पुरुष बास्केटबल प्रतियोगितामा बुधबार लगातार दोश्रो जित हात पारेको छ । जेभियर इन्टरनेसनल र टाइम्सले पनि आ–आफ्नो खेल जिते ।
ललितपुरको सानागाउँस्थित घरेलु कोर्टमा रोयलले कास्कीलाई ८९–६६ ले पराजित गर्यो । रोयलको जितमा निकेश मगरले २५ अंक योगदान गरे । पहिलो क्वाटरमा १४–१७ ले पछि परेको रोयल बाँकीमा अगाडि रह्यो । अग्रता लिएको क्वाटरमा रोयलले २४–१३, २८–१५ र २३–२१ को प्रदर्शन गर्यो ।
अनिश मगरको १७ अंक सहयोगमा जेभियरले ह्वाइटहाउसलाई ५९–५० ले हरायो । निर्धारित समयको खेल ४६–४६ को बराबरीमा टुंगिएको थियो । थप गरिएको ५ मिनेटको अत्तिरिक्त समयमा जेभियरले १३–४ अंक जोड्दै प्रतियोगितामा पहिलो जित हात पार्यो । पहिलो खेलमा जेभियर गोल्डेनगेटसंग चुकेको थियो ।
टाइम्सले गोल्डेनगेटमाथि ७५–६४ को जित दर्ता गर्यो । टाइम्सका जसमन तामाङले १६ स्कोर गरे । टाइम्सले पहिलो क्वाटर १८–१७ र दोश्रो १६–९ ले आफ्नो पक्षमा पार्यो । तेश्रो क्वाटरमा १७–१८ ले पछि परेको टाइम्स चौथोमा २४–२० ले अघि रह्यो ।
तीनै खेलका सर्वाधिक स्कोरकर्तात्रय निकेश, अनिश र जसमन फ्रेस बाइट्स ‘म्यान अफ द म्याच’ घोषित भए ।

तपाइँको प्रतिक्रिया ।