सामुहिक बलात्कार गरेको आरोपमा बुढानीलकण्ठ नगरपालिका-६गणेशचोकबाट दाजुभाइ पक्राउ

कपन अनलाइन

काठमाडौं ,फागुन १४। सुनसरीकी एक विवाहित महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा बुढानीलकण्ठ नगरपालिका वडा – ६, गणेशचोक निवासी दाजुभाइ ३५ वर्षका सुवास संग्रौला र ३४ वर्षका विशाल संग्रौलालाई प्रहरीले पक्राउ गरेको हो। सामूहिक बलात्कार गरेको आरोपमा काठमाडौंको बुढानीलकण्ठबाट दाजुभाइ नै पक्राउ परेका हुन  ।

सुनसरी इटहरीकी ३४ वर्षीया विवाहित महिलालाई जागिर दिन्छु भन्दै काठमाडौं बोलाएर दाजु भाई मिली सामुहिक बलात्कार गरेको भनी  पीडित महिलाले सोही व्यहोराको उजुरी दिएपछि संग्रौला दाजुभाइलाइ आइतबार साँझ बुढानीलकण्ठस्थित घरबाटै पक्राउ गरिएको महाराजगन्जस्थित महानगरीय प्रहरी वृत्तका प्रमुख उमेश लम्सालले जानकारी दिए ।

डीएसपी लम्सालका अनुसार ती दाजुभाइको स्थायी घर झापाको गौरीगन्ज गाउँपालिका वडा नम्बर १ हो। उनीहरूको घर बुढानीलकण्ठमा पनि छ।

उनीहरूले ती महिलालाई सामाजिक सञ्जालमा साथी बनाएर जागिर दिन्छु भन्दै काठमाडौं बोलाएका रहेछन्,’ अनि विभिन्न बहानामा यी दुई जनाले बुढानीलकण्ठस्थित घर तथा भक्तपुरको एक रिसोर्टमा लगेर बलात्कार गरेको अनुसन्धानको क्रममा  खुलेको डिएसपी लम्सालले बताए ।

महाराजगन्ज वृत्तको हिरासतमा राखिएका उनीहरूविरुद्ध जबर्जस्ती करणी मुद्दा दर्ता गरी ७ दिनको म्याद लिएर घटनाकाे थप अनुसन्धान भइरहेको छ ।

फोटो सौजन्य: बिएसजी

तपाइँको प्रतिक्रिया ।