रहेनन नेपाल तरुण दल गोकर्णेश्वर नगर समिति काठमाडौंका अध्यक्ष गोपाल श्रेष्ठ

कपन अनलाइन

काठमाडौँ, फागुन १४ ।नेपाल तरुण दल गोकर्णेश्वर नगर समिति काठमाडौंका अध्यक्ष गोपाल श्रेष्ठ असामहिक निधन भएको छ । सोमबार साँझ हृदयाघातका कारण निधन भएको हो ।अचानक बिरामी भएपछि श्रेष्ठलाई गोकर्णेश्वर नगरपालिका अत्तरखेल स्थित नेपाल मेडिकल कलेजमा उपचारका लागि लगिएको थियो । अध्यक्ष श्रेष्ठको उपचारकै क्रममा निधन भएको हो ।

श्रेष्ठको निधनप्रति तरुण दललेगहिरो दुःख व्यक्त गरेको छ । तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘श्रेष्ठको असामयिक निधन भएको दुखद् खबरले नेपाल तरुण दल केन्द्रीय समिति मर्माहत भएको छ ।’सोमबार राती नै गोकर्णेश्वर नगरपालिका वडा नं ४ स्थित उत्तरबाहिनीमा  उनको अन्तिम संस्कार गरिएको थियो ।

श्रेष्ठको पार्थिब शरीरमा नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेत, नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३ का सभापति  एबम गोकर्णेश्वर नगरपालिकाका प्रमुख  सन्तोष चालिसे, नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३ कि  सचिव एबम गोकर्णेश्वर नगरपालिकाकी उप प्रमुख शान्ति नेपाल , संघिय सांसद कृष्ण राइ ,नेपाली कांग्रेसका महासमिति सदस्य बिमल ठकुरी, नेपाल तरुण दलका काठमाडौं जिल्ला अध्यक्ष कृष्ण जी खड्का , नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि एबम गोकर्णेश्वर नगरपालिकाका सल्लाहकार दिपक रिसाल ,नेपाल तरुण दल क्षेत्रीय अध्यक्ष संजय लामा , नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३ क्षेत्रीय कोषाध्यक्ष एवम नेपाल मेडिकल कलेज आधिकारिक ट्रेड युनियनका अध्यक्ष किरण केसी , नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं.३ क्षेत्रीय प्रतिनिधि पुर्व जोरपाटी इकाई सभापति लाल बहादुर लामा,जनप्रतिनिधिहरु तथा नेपाली कांग्रेसका नेताहरूका साथै तरुण दलका नेताहरूले अन्तिम श्रद्धाञ्जलि दिएका थिए। उनको पार्थिब शारिरमा नेपाली कांग्रेस पार्टीको  साथै नेपाल तरुण दलको झण्डा ओढाइएको थियो  ।

स्व. श्रेष्ठ नेपाल तरुण दल गोकर्णेश्वर नगर समिती अध्यक्ष हुनुको साथै नेपाल मेडिकल कलेज प्रा.लि., शिक्षण अस्पतालको सि.एम.आई. शाखामा कार्यरत रहेका थिए।  विभिन्न् सामाजिक कार्यमा समेत अग्रणी भूमिका खेल्दै आएका उनि श्री कान्ति भैरबनाथ धिमे खल: को स्थापनाकाल देखि सल्लाहकारको रुपमा महत्वपूर्ण योगदान दिदै आएका थिए। उनले नगरमा इ भिलेज लगायतको कार्यक्रम सहित बिभिन्न कार्यमा सहयोगी भूमिका खेल्दै आएका थिए ।

उनको निधन प्रति गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे लगायतले गहिरो दुख ब्यक्त गरेका छन् ।  गोकर्णेश्वरले एउटा  चम्किलो तारा गुमाएको जसले नेपाली कांग्रेस पार्टी र  सिंगो नगरलाई  ठूलो क्षति पुगेको बताउदै अकल्पनीय निधनले अत्यन्त मर्माहत एवंम स्तब्ध भएको बताए । नगर प्रमुख सन्तोष चालिसे लगायतले श्रेष्ठलाइ श्रद्धाञ्जली दिदै  शोक सन्तप्त परिवारमा  गहिरो समवेदना प्रकट गरेका छन् ।

 

 

 

तपाइँको प्रतिक्रिया ।