बुढानीलकण्ठका राजु राई र बरुण घले ‘मईथाई विश्व च्याम्पियनशिप’को लागि तयारी गर्दै
कपन अनलाइन
काठमाडौं ,फागुन ११। बिगत एक दसक भन्दा लामो समय देखी नेपालको मईथाई खेल जगतमा योगदान पुर्याईरहेका बुढानीलकण्ठका चर्चित खेलाडि राजु राई र बरुण घले गुरुङ अहिले प्रशिक्षणमा निकै व्यस्त देखिन्छन्। कारण छ, थाईल्याण्डमा हुन गईरहेको “पाँचौ अन्तराष्ट्रिय थाई मार्सल आर्ट्स खेल महोत्सव”। सन् २०२० मार्च ०८ देखि १७ मार्च सम्म थाईल्याण्डको,पट्टयामा हुन लागेको यस महोत्सवमा बिभिन्न खेलको उपाधीका लागी बिभिन्न ४८ देशका खेलाडिहरु सहभागी हुने गरेका छन्।
यसै अन्तरगत नेपालको मईथाई एसोसिएसनलाई पनी आफ्नो देशको खेलाडिहरु सहभागी गराउन निमन्त्रणा आएपछि मईथाई खेलका उत्कृष्ठ खेलाडी राजु राई र बरुण धले गुरुङलाई महोत्सवमा हुन लागेको बिभिन्न सात प्रतियोगिता मध्य ‘मईथाई विश्व च्याम्पियनशिप’को लागी तयार गरीएको जानकारी नेपाल मईथाई एसोसिएसनले शनिवार पत्रकार सम्मेलन मार्फत गराएको हो।
राजु राई र बरुण घलेलाई सानो उमेर देखीनै प्रशिक्षण दिदैँ आएका नेपाल मईथाई एसोसिएसनका अध्यक्ष नवराज भण्डारी द्वारा दुई खेलाडिहरुलाई फुलमाला लगाई प्रतियोगिताको लागी प्रशिक्षणमा कुनै कमि नराख्न र आफ्नो देशलाई प्रतिनिधित्व गर्ने हुदाँ खेलाडि तथा समर्थकहरुलाई अनुशासनमा रहन आग्रह गरे।
उक्त पत्रकार सम्मेलनमा, खेलाडिहरुलाई तयार गरीरहेका प्रशिक्षक सरोज गिरीले प्रशिक्षणमा आफुले पूर्ण बल गरेको र खेलाडिहरुमा ऊर्जा भएको कारण यसपाली देशको लागि स्वर्ण पदक ल्याउने आशा पलाएको जानकारी दिए। अध्यक्ष भण्डारीको नेतृत्वमा खेलाडि, प्रशिक्षक र समर्थक गरी सात जनाको टोली थाईल्याण्ड जान लागेको हो। प्रतियोगितामा सहभागि हुने टोलीलाई चक्रपथमा रहेको जिमखाना ट्रेनिङ् सेन्टर बाट पनी सहयोग रहेको खेलाडि राईले बताए।बुढानीलकण्ठको वडा नं ५ मा बस्ने राजु राई यस खेलमा बिगत एक दशक देखी निरन्तर रुपमा सक्रिय रहेका छन्। उनि राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिताहरुमा सहभागिता जनाईसकेका खलाडि पनी हुन्।
थाईल्याण्डमा हुने गरेको यस प्रतियोगिताको तेस्रो र चौथो संस्करणमा पनी नेपालको तर्फबाट उनि सहभागि भएका थिए। त्यस्तै बरुण घले गुरुङ् पनी निकै मेहेनति खेलाडि हुन्। उनले नेपालको बिभिन्न प्रतियोगिताहरुमा आफ्नो प्रतिस्पर्धिलाई रीङमा एकदमै छोटो समयमा नकआउट गरेको ईतिहास छ।
फोटो सौजन्य : बिएसजी