बुढानिलकण्ठ प्रमुख उद्दव खरेल अशल अभियन्ता ,कमशल प्रचारक

बुढानिलकण्ठ प्रमुख उद्दव खरेल अशल अभियन्ता ,कमशल प्रचारक

कपन अनलाइन

काठमाडौं ,फागुन ७/पुन्यराज पुडासैनी 

बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव खरेल लक्षित नकारात्मक प्रचार र टिप्पणीहरुले पछिल्लो समय विभिन्न संचार माध्यममा स्थान पाउदै आएका छन ।

कतिपय अवस्थामा त्यस्ता समाचार र टिप्पणी हेर्दा लाग्छ अहिले सम्मको २ वर्षको समय बुढानिलकण्ठ नगरपालिकामा केहि पनि भएको छैन वा ति सबैलाई नगर प्रमुखले केहि गर्न दिएका छैनन् ।

काठमाडौं जिल्लाको उत्तरी भेगमा रहेको निकै सम्भावना बोकेको बुढानिलकण्ठ नगरपालिकामा २०७४ शाल जेष्ठ १० गते सपथ खाएर कार्य सम्हालेका खरेल प्रति बारम्बार आइरहने नकारात्मक समाचारहरु हेर्दा लाग्छ नगरपालिकामा पद हुदा पनि नहुदा पनि निरन्तर सक्रिय उनको व्यक्तित्वलाई निशाना बनाएर प्रचार भैरहेको छ।

नेपालीमा एउटा उखान छ ढुंगा त्यहि रुखमा हानिन्छ जसमा लटरम्म फल फलेका हुन्छन र यो उखान अहिले बुढानिलकण्ठ नगर प्रमुखमा पनि लागु हुन् पुगेको छ ।

देशका अन्य स्थानीय तहमा जस्तै कर्मचारीको कार्यशैलीबाट पिडित बनेको बुढानिलकण्ठ नगरपालिकामा थुप्रिएको फोहोर र बेथितिको चांग पन्छाउन खरेलले गरेको प्रयासको चर्चा कहिँ  कतै नहुनु र स्वयं कार्यकारी र कर्मचारी रंगेहात पक्राउ पर्दा पनि आफ्नो आर्थिक पारदर्शिता र त्यसको अभियानले नगरपालिकाको मनोबल बचाउन सक्नु उनको सबल पक्ष थियो जसको चर्चा पनि भएन वा गर्ने साहस गरिएन । अनि आफुले गरेको प्रयासको प्रचार गर्न स्वयं खरेल चुके।

 भाषण मात्र गरिरहे भनेर प्रचार वा भनौ सुनियोजित प्रचार गरिएका नगर प्रमुख खरेलले के के गरे ?

बुढानिलकण्ठ नगरपालिकामा सपथ खाएर कार्यभार सम्हाले पश्चात नगर प्रमुख खरेल र उनको टिमले सम्पन्न गरेका केहि महत्वपूर्ण कामहरुको यहाँ चर्चा गरिएको छ।

१.पाथिभरामा धोवीखोला कोरिडोर समस्या समाधान 

काठमाडौं उपत्यकाको आर्टेरियल रोडका रुपमा निर्माण भएको धोवीखोला कोरिडोरको काम एकाएक बुढानिलकण्ठ -१० को पाथिभरामा आएर रोकिएको थियो । प्रतिनिधि सभा तथा प्रदेस सभाका सांसदहरुले पटक पटक प्रयास गर्दा पनि त्यहा रहेका करिव २२ घरहरुको व्यवस्थापन हुन् सकिरहेको थिएन ।

धेरै पटक बैठक ,भेला ,प्रयास ,पहलका नाममा गतिविधि भए पनि समस्या ज्यु का तिउ रहेको थियो र त्यसले कोरिडोर निर्माण कार्यमा नै अशर पुगिरहेको थियो । बुढानिलकण्ठ नगरपालिकाको प्रतिनिधित्व गर्ने दुइ जना प्रदेस सांसदले रुद्रमती (धोवीखोला ) प्रवर्धन गर्ने अभियान संचालन गरिरहदा उक्त स्थानको सडकमा  रहेका घर हरुले गिज्याइरहेका थिए ।

यस्तो समयमा बस्ति स्थानान्तरण र व्यवस्थापन जस्तो चुनौतीपूर्ण  कामको जिम्मा लिएर कोरिडोर निर्माणमा देखिएको गाठो प्रमुख खरेलले फुकाए भलही यसका लागि धेरै आलोचना र आरोप् खेप्नु पर्यो । तर बिडम्बना उनले यसलाई जनता समक्ष पुर्याउन प्रचार गर्न सकेनन ।

२. भवन निर्माण तथा व्यवस्थापनमा सक्रियता 

स्थानीय तहमा निर्वाचन भएर जनप्रतिनिधि आउनु भन्दा निकै पहिला देखि निर्माण शुरु भए पनि कछुवा भन्दा सुस्त गतिमा काम भैरहेको भवन निर्माण कार्यलाई पहिलो प्राथमिकतामा राखेर कार्यपालिका बाट समिति समेत बनाएर खरेलले भवन निर्माण गरेरै छाडे। हुन त् केहि व्यक्ति यसैलाई “रुख देखाउदा जंगल देखा ,जंगल देखाउदा रुख देखा” भनेरकेहि नभए जसरि प्रचार अभियान चलाई रहेका छन तर काठमाडौं जिल्लामा पहिलो आफ्नै भवन रहेको नगरपालिका भनेर यसलाई प्रचार गर्न भने सकिरहेका छैनन् ।

एउटा शाखाको काम गर्न चार ठाउमा हिड्नु पर्ने जनताको दुख बुझेर एकै भवन बाट सम्पूर्ण शाखाको काम गर्ने वातावरण निर्माण गर्ने नगर प्रमुखको पहललाई कसैले देखेको छैन वा नगर प्रमुखले देखाउन र बुझाउन सकेका छैनन् । किनकि नगर प्रमख खरेल प्रचारमा कमशल छन ।

३. प्रतिपक्षीको व्यवस्थापन र परिचालन 

बुढानिलकण्ठ नगरपालिकामा कहिले कही चर्चा चल्छ नगर प्रमुख खरेलको दल नेकपा बाट निर्वाचित जनप्रतिनिधि १३ वडा कि ११ वडा । यो केवल चर्चा मात्र हैन यो त् खरेलको सबल नेतृत्वको सुचल पनि हो ।

काठमाडौं जिल्लाका अन्य नगरपालिकाका सभा र कार्यपालिका बैठकमा विरोध ,बहिस्कार र प्रदर्शन भएको खबर आइरहदा बुढानिलकण्ठ नगरपालिकामा यसका कुनै संकेत सम्म दुइ वर्ष सम्म आउन नदिनु पक्कै पनि खरेलको सवल र सक्षम पक्षको सूचक होला । प्रतिपक्षीलाइ उचित स्थान र सम्मान दिदै राजनीतिक परिधिको संरक्षण गर्न खरेलले प्रदर्शन गरेको कुशलताको पक्कै मुल्यांकन होला । हुन त् प्रमुख खरेलको विरोधमा आफ्नो खेति फस्टाउने देखेकाहरुले यसलाई प्रतिपक्षीको कमजोरी संग जोडेर प्रचारको खेत नगोड़लान भन्न सकिन्न ।किनकि नगर प्रमुख खरेल कमशल प्रचारक हुन् ।

४.दुई दर्जन भन्दा बढी कानुन र कार्यविधि निर्माण

बुढानिलकण्ठ नगरपालिकाका जनप्रतिनिधिहरुले कार्यभार सम्हालेको अवधि देखि अहिले सम्म नगरपालिकाको कार्य संचालनलाई प्रभावकारी र सरल बनाउनका लागि करिव २ दर्जन भन्दा पढी कानुन निर्माण भएर लागु भै सकेका छन भने स्थानीय पाठ्यक्रम र अन्य महत्वपूर्ण कार्यविधि र कानुन निर्माणको क्रममा रहेका छन ।

तर नगरपालिकाले तिनलाई कार्यालयको कुनै कुनामा थन्काएर राखेको छ आम जनतामा पुर्याउन सकेको छैन अनि खरेलको विरोधमा आफ्नो उत्थान देख्नेहरुले उपहासको बासुरी बिहान बेलुका बजाउन पाइरहेका छन ।किनकि नगर प्रमुख खरेल कमशल प्रचारक हुन् ।

५.पूर्वाधार निर्माणमा  उल्लेखनीय प्रगति,ठुला योजना निर्माणको वर्ष

बुढानिलकण्ठ नगरपालिकाको जुन सुकै वडामा गए पनि अहिले निर्माणको काम द्रुत गतिमा अगाडी बढेको देखिन्छ ।सायद कुनै टोल नगरपालिकामा छैन जहाँ कुनै न कुनै निर्माणको काम नभएको होस्  । यी त् भए साना र नियमित काम तर यो संगै नगरपालिकामा निकै ठुला र दिर्घकालिन महत्वका निर्माण पनि भैरहेका छन।

डा. राजन भट्टराईको पहलमा सहयात्री बनेर नगर प्रमुख खरेलले नेतृत्व गरिरहेको नगरपालिकाका ८,९,१०,११,१२ र १३ मा मेलम्ची खानेपानी आयोजनाको विस्तारलाई उनको काम मानिदैन। किनकि खरेल कमशल प्रचारक हुन्  ।

त्यस्तै नगरपालिकामा निर्माणको अन्तिम चरणमा रहेका करिव डेढ दर्जन पार्क ,टेन्डर आव्हान भैसकेको  नगर अस्पताल ,चुनिखेल -सापाटार- जगडोल सडक ,महांकाल ओरालो -चुनिखेल सडक ,बदेली तारेभिर सडकमा खरेलले पुर्याएको योगदानको चर्चा गरिदैन कतै पनि किनकि खरेल कमशल प्रचारक हुन्।

अनि नगरपालिकामा बसपार्क र ठुलो पूर्वाधार बनाउन शक्तिशाली व्यक्तित्वले अध्ययन गरेको बुढानिलकण्ठ स्कुल संग दरिलो अडान राखेर मत प्रस्तुत गर्दा खरेलको साहसको प्रसंशा हुदैन किनकि उनि कमशल प्रचारक हुन्  ।

६.आठ सांसदको भारी ,कर्मचारीको लाचारी र खरेलको जिम्मेवारी 

बुढानिलकण्ठ नगरपालिकामा अहिले तिन प्रतिनिधि सभा सदस्य र पाँच प्रदेस सभा सदस्य रहेका छन जो विच समन्वय र संयोजन गर्दै योजनाहरुको कार्यान्वयन गर्नु पक्कै सजिलो छैन तर यो असहज जिम्मेवारी बहन कुशलता पुर्वक निर्वाह गर्न नगर प्रमुख खरेल सक्षम देखिएका छन।

सांसदहरुले ल्याएका योजना र तिनको संरक्षण तथा निरीक्षणको जिम्मेवारी नगरको हो र त्यसको लागि  सिमित श्रोत तथा साधनका बावजुद पनि नगरपालिकाले देखाएको सक्रियता लाई राम्रो भनिदिन केहि शव्द खर्च गर्दा पक्कै अन्यथा हुदैन होला। अरबौका योजनाको भार र सांसदहरुको अपेक्षाको सम्बोधन गर्नका लागि भएको पहल आम जनताले बुझ्न सकेका छैनन् किनकि नगर प्रमुख कमशल प्रचारक हुन्  ।

त्यस्तै सरकारी काम कहिले जाला घाम भन्ने उखानलाइ मूल मन्त्र बनाएर तलवका लागि मात्र काम गर्ने गलत  प्रवृति बाट ग्रसित कर्मचारीको मानसिकता परिवर्तन गर्न खरेलले प्रयास गर्दा हाकिमहरु सरुवा हुन्छन अनि उनले आरोप खेप्छन।

तर उनि भन्न सक्दैनन् बरु कर्मचारी परिवर्तन गर्छु तर अव्यवस्था संग सम्झौता गर्दिन किनकी नगर प्रमुख खरेल कमशल प्रचारक हुन्।

बेला बेलामा नगर प्रमुख खरेलले भन्ने गरेका छन धेरै कुरा भनेर र बोलेर गर्ने हो तर अवका दिनमा उनले बुझ्नु पर्ने देखिन्छ कि अहिलेको समय भनेको गरेको काम धक फुकाएर भन्ने र देखाउने हो । अनि जनता संग प्रत्यक्ष उपस्थित भएर आफ्नो कामको विवरण देखाउने र सल्लाह माग्ने हो।

अनि अहिलेको समयको माग पनि हो नगरपालिकाका ७० जना नै जनप्रतिनिधिले कार्यप्रगति विवरणको फेहरिस्त बोकेर चोक चोकमा पुगी आफ्ना कामको जानकारी गराउने र आगामी योजना बनाउने। तर बुढानिलकण्ठ प्रमुख खरेल यो गर्न सक्दैनन् किनकि उनि कमशल प्रचारक हुन्।

जनताको अपेक्षाको आग्लो पहाड चड्ने यात्रा थालेका नगरप्रमुख खरेलले आफुले सो पहाडको चुचुरो निकट पुगेको भनेर बताउन किन आनाकानी गरिरहेका छन र केहि  नगरी फेदमा विश्राम गरे झैँ प्रचार हुँदा पनि मौन बसिरहेका छन भन्ने प्रश्नले जनप्रतिनिधिलाई घोचिरहेको होला। सायद आफ्नो कामको मार्केटिंग गर्न नसकिरहेका नगर प्रमुख खरेल कमशल प्रचारक हुन्  ।

 

 

 

 

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।