आफ्नै अथक र अटल सहकर्मीहरुले जिम्मेवारी पाउदा किन खुसि छैनन् धुर्वराज ?

आफ्नै अथक र अटल सहकर्मीहरुले जिम्मेवारी पाउदा किन खुसि छैनन् धुर्वराज ?

कपन अनलाइन

काठमाडौं ,फागुन ८ /पुन्यराज पुडासैनी 

नेपाल कम्युनिस्ट पार्टी काठमाडौं जिल्ला कमिटीले बुढानिलकण्ठ नगर कमिटीको पुर्णता दिए संगै यस वारे बहस र चर्चाले शुरु भएको छ।

बुढानिलकण्ठ नगर कमिटीमा पुर्व एमाले बाट ४९ र पुर्व माओवादी बाट ३० गरेर ७९ जना नगर कमिटी सदस्यको टुंगो लगाए संगै यसले बुढानिलकण्ठमा राजनितीक तरंग पैदा गरेको छ जुन स्वभाविक रहेको छ।

तर विधि र पदत्तीको परिधिभित्र रहेर आफ्ना मत र मान्यता प्रस्तुत गर्ने संस्कार बाट आएको नेकपाका नेता तथा कार्यकर्ताहरुले सामाजिक संजालमा खुल्ला टिप्पणी र भद्दा आक्रोश व्यक्त गर्न थाले पछि भने यसले नेकपा बुढानिलकण्ठमा गम्भीर बहस सृजना गरेको छ।

न्यौपानेले सामाजिक संजालमा व्यक्त गरेको विचार :

यस प्रकरणमा पछिल्लोपटक जोडिएका छन नेकपा काठमाडौं जिल्ला कमिटी सदस्य धुर्वराज न्यौपाने ।पुर्व एमाले काठमाडौं क्षेत्र -४ का सचिव र साविक कपन गाउँ कमिटीको तीन कार्यकाल नेतृत्व गरेर धेरै नेता उत्पादन र नेतृत्व निर्माण गरेका न्यौपानेले हठात सामाजिक संजालमा हल्का देखिने किसिमले टिप्पणी गर्दा यसले उनको ब्यक्तित्व र योगदानको ओजन घटाएको चर्चा बुढानिलकण्ठमा चल्न थालेको छ।

सधै विधि र पदत्तीमा चल्नु पर्छ भनेर तत्कालीन नेतृत्व र कमिटी संग निरन्तर लडेका उनले किन एका एक आफ्नो पहिचान बिपरित यसरी सामाजिक संजालमा आक्रोश र कुन्ठा व्यक्त गरे? के उनले भावावेसमा आएर आफैले लामो समय सम्म लडेर स्थापना गरेको मान्यताको तिलान्जली दिए ? वा कुनै अमुक समुह वा ब्यक्तिको आक्रोश र गुनासो साम्य पार्न यो पहल गरे? त्यो भने आगामी समयले देखाउने नै छ।

साविक कपन गाविस र काठमाडौं क्षेत्र -४ मा निकै संभावना बोकेका नेताको पहिचान बनाएका उनी पछिल्लो समय एका एक नेकपा भित्रको कुनै एक समुहमा सिमित बन्दै गएको चर्चा चल्दै गएको बेला आफैले प्रतिनिधित्व गरेको कमिटीले गरेको निर्णयको खिल्ली सार्वजनिक रूपमा उडाउदा यसले पक्कै उनको राजनितिक ओजनमा हलुकापन ल्याउने एक जिल्ला सदस्य बताउँछन।

एकाएक सामाजिक संजालमा आक्रोअ पोख्दै न्यौपानेले लेखेका छन पुराना र योगदान पुर्याएका ब्यक्तिहरु प्रती अन्याय भयो र यस कमिटी प्रती आपत्ती छ तर यो आवेगको अभिव्यक्ति दिदै गर्दा सायद उनले बिर्सिएका छन कि ऊनी आफैले प्रवर्द्धन र सहकार्य गरेर स्थापित गरेका धेरै जना नगर कमिटी सदस्य बनेका छन।

तत्कालीन रूपमा लगातार कपनको नेतृत्व गरेका ठाकुर खकुरेल र धुर्व नेपालले पार्टी परित्याग गर्दा उनी संगै रात दिन नभनी संगठनका लागि सकृय बनेका राजु अधिकारी ,शम्भु भट्टराई , पुन्यराज पुडासैनी ,नवराज भट्टराई , निरन्जन नेपाल , सिपि आचार्य , डेन्डी शेर्पा नगर सदस्यका लागि अनुभवी र योग्य हुन कि हैनन ?सायद अवका दिनमा यो प्रश्नले उनलाई पछ्याइरहने छ।

अनि सामाजिक संजालमा उनले जसरी पुराना पछि पारिएको भनेर आक्रोश पोखेका छन त्यहा निकै कठोर र विषम परिस्थितिमा पनि उनी संगै यात्रामा अटल रहेका देवी रेग्मी , बिन्दा गौतम , भावना केसि र प्रमिला सापकोटाको योगदानको अबमुल्यन पो भयो कि ? यो प्रश्न पनि उनको सामु अवका दिनमा पटक पटक प्रकट हुने नै छ।

अनि न्यौपाने स्वयम् क्षेत्रीय कमिटीको सचिव बन्दा आफ्नो वरिष्ठता र योगदानको कुनै अंस समेत उच्चारण नगरी उनी जिताउने अभियानमा लागेका रामकृष्ण भन्डारी र उनका अटल सहयात्री श्रीकृष्ण श्रेष्ठ र कृष्णकाजी श्रेष्ठले आफ्ना नेता बाट सामाजिक संजालमा भएको हल्का टिप्पणी प्रति के सोचेका होलान् ? यसको पनि उनले गम्भीर समिक्षा गर्नुपर्ने देखिन्छ ।

साथै न्यौपाने साविक कपन गाउँ कमिटीको अध्यक्ष रहदा उनका सचिव रहेका हरिराम ढुंगाना वडा ११ को अध्यक्ष , उप सचिव रहेका पुरुषोत्तम नेपाल वडा १२ को सचिव र उनैले मनोनीत गर्दै प्रचार बिभाग प्रमुख बनाएका नारायण गुरागाइ नगर सदस्य बन्दा खुलेर बधाई समेत दिन नसक्ने अवस्था उनका सामु किन आयो ? यो निकै सोचनिय र गम्भीरता बोध गर्नुपर्ने देखिन्छ।

त्यति मात्र हैन उनका हरेक अभियानमा सकृय रहेका रबि थापा र उनले निकै जोड गरेर तत्कालीन नेतृत्व संग जुधेर युवा इन्चार्ज बनाएका सुमन तामाङ नगर सदस्य बन्दा अनि विभिन्न सामाजिक अभियानमा उनलाई दह्रो साथ दिएका टिकेस नारायण श्रेष्ठ वडा १३ को अध्यक्ष बन्दा किन ऊनी खुसी छैनन् ? सायद यो प्रश्न अहिले बुढानिलकण्ठका नेकपा जनको मनमा पक्कै खेलिरहेको होला।

अनि उनले कुनै “जर्नेल ” शब्दमा कसै प्रती आक्रोश व्यक्त गरेका छन वा भनौं चुनौती दिएका छन तर यो दिदै गर्दा उनले सो निर्णयको नैतिक जिम्मेवारी लिनुपर्ने आफ्नो दायित्व भुलेका छन वा उनको दायित्वबोध गर्नुपर्ने गम्भीरता हताशा र आवेगले छोपेको हो ? भन्ने प्रश्नको जवाफ पनि उनले आगामी दिनमा दिनु नपर्ला भन्न सकिन्न । उनले उठाएका केही प्रश्न सहि छन तर स्थान भने बिल्कुल गलत छ ।

विशेष परिस्थितिमा केही समेटिनु पर्ने र छुट्नु नहुने ब्यक्ति छुटेका होलान् ? तर उनीहरु प्रती न्यायको लडाइ सामाजिक संजाल भन्दा आधिकारिक मंचमा लडेको भए यसले पक्कै उनको पदिय गरिमा निकै बढाउने थियो र त्यस्को अर्थ पनि ओजनपुर्ण हुने थियो।

अहिलेको जिम्मेवारी त समयक्रमको विशेष अवस्थामा दिइएको हो जुन अन्तरिम र अधिवेशन सम्म मात्र हो । र कोहि आवस्यक र उचित स्थान दिनुपर्ने ब्यक्तित्वहरुको ब्यवस्थापनका लागि अझै धेरै ठाँउ र जिम्मेवारी बाकी नै छन र अवस्य पनि नेतृत्वले सोच्ने नै छ। अन्तमा आफ्नो राजनितीक यात्राको उत्थान र अवसानको पर्वाह नगरी सधै न्यौपानेको अडान ,निति र नेतृत्वको पछाडी चट्टान झै उभिएका उनका अथक र अटल सहयात्रीले महत्वपूर्ण जिम्मेवारी प्राप्त गर्दा किन खुसि छैनन् धुर्वराज ? सायद अहिले उनका सहकर्मीको मनमा यहि प्रश्न खेलिरहेको होला।

तपाइँको प्रतिक्रिया ।