शक्ति समुहको २ दिने आत्मरक्षा तालिम संचालन

शक्ति समुहको २ दिने आत्मरक्षा तालिम संचालन

कपन अनलाइन

काठमाडौं ,फागुन ७।शक्ति समुहले फ्रि अ गर्लको अर्थिक सहयोगमा दुई दिने मानववेचविखन प्रभावित तथा हिंसा प्रभावित साथै मनोरञ्जन क्षेत्रमा कार्यरत किशोरी /महिलाहरुलाई आत्म रक्षाको तालिम संचालन गरेको छ ।

शक्ति समुहको संस्थापक सदस्य  चरीमाया तामाङ्ग  अध्यक्षतामा भएको उक्त कार्यक्रमको उद्घाटन प्रमुख अतिथी र का.म.न.पा. –४ का वडा अध्यक्ष  मोहन बा. विष्टले गरेका थिए ।

उक्त तालिममा सेल्फ डिफेन्स संघको प्रमुख प्रशिक्षक सञ्जु महर्जन, राधिका ऐर हमालर प्रभा महर्जन तालिमको प्रशिक्षक  रहेका थिए ।

कार्यक्रमले विशेषत आपतकालिन अवस्थामा कसरी सुरक्षित हुन सकिन्छ भन्ने विषयमा रहि तालिम संचालन गरिने जानकारी प्रशिक्षकहरुले दिए । तालिममा ४० जना महिला तथा किसोरिको सहभागिता रहेको जानकारी शक्ति समूहका कानून तथा तालिम संयोजक दिलिप कोइरालाले गराए ।

तपाइँको प्रतिक्रिया ।