ज्ञान निकेतन क्वाटरफाइनलमा

ज्ञान निकेतन क्वाटरफाइनलमा

कपन अनलाइन

काठमाडौं, फागुन ५ । ज्ञान निकेतन आईआईएमएस पाँचौं यु–१८ राष्ट्रिय पुरुष बास्केटबल प्रतियोगितामा आइतबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । नेपाल बास्केटबल संघद्वारा आयोजित प्रतियोगितामा ज्ञान निकेतनसंगै एलआरआई र न्यु जेनिथ पनि क्वाटरफाइनल स्थान सुरक्षित गर्न सफल भए । विजयी तीनै टोलीले मोफसलका टिमलाई पन्छाए ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा ज्ञान निकेतनले रुपन्देहीलाई १०१–५६ ले पराजित  गर्यो। ज्ञान निकेतनको जितमा सम्राट भुमिले २५ अंक योगदान गरे ।
सिंह मगरको १७ अंक सहयोगमा एलआरआईले दाङलाई ८५–४६ ले हरायो । न्यु जेनिथले रामेछापमाथि ८५–५२ को जित दर्ता ग¥यो । न्यु जेनिथका सिजन महतले २६ स्कोर गरे ।
आइतबारको खेल समाप्तिसंगै क्वाटरफाइनल समीकरण पनि तयार भएको छ । क्वाटरफाइनलमा न्यु जेनिथले एलआरआई, ज्ञान निकेतनले ह्वाइटहाउस, समृद्धिले रोमछाप र टाइम्सले जेभियर इन्टरनेसनल विरुद्ध प्रतिस्पर्धा गर्ने छन् ।

तपाइँको प्रतिक्रिया ।