पदक विजेता खेलाडी सम्मानित

पदक विजेता खेलाडी सम्मानित

कपन अनलाइन

ललितपुर, फागुन ५। ललितपुर, आई डब्लु एफ एन कराते डो संघले आइतबार एक कार्यक्रमबीच अन्तर्राष्ट्रिय खेलाडीहरुलाई सम्मान गरेको छ।

भारतको हरियाणा पानीपथ राज्यमा गत मंसिर १३ देखि १५ सम्म भएको वादो कप अन्तराष्ट्रिय कराँते प्रतियोगिता २०१९ मा भाग लिई स्वर्ण, रजत र कास्य पदक प्राप्त गर्ने २६ नेपाली खेलाडीलाई एक कार्यक्रमबीच सम्मान गरेको हो। संघले खेलाडीका साथै टिम प्रशिक्षकहरुलाई समेत सम्मान गरेको आई डब्लु एफ एन कराते डो का प्रमुख प्रशिक्षक एवं अन्तर्राष्ट्रिय रेफ्री बुद्धराज नेगीले बताए। कार्यक्रममा बागमती प्रदेशका प्रदेश सांसद एवम् सङ्घका अध्यक्ष लक्ष्मण लम्साल, नेपाल कराते महासंघका उपाध्यक्ष पुरेन्द्रविक्रम लाखे, प्रमुख प्रशिक्षक मदन उप्रेतीलगायतको उपस्थिति रहेको थियो।

तपाइँको प्रतिक्रिया ।