चौथो इन्द्रदह पर्यटन उत्सव फागुन ९ गते हुने
कपन अनलाइन
काठमाडौं, फागुन ५।चन्द्रागिरि नगरपालिकामा चौथो इन्द्रदह पर्यटन उत्सवको आयोजना हुने भएको छ ।
चन्द्रागिरि नगरपालिका वडा नम्बर १ स्थित दहचोक, इन्द्रदहमा फागुन ९ गते शुक्रबार उक्त उत्सव आयोजना हुन लागेको हो ।
काजी कालू पाँडेको समाधिस्थल तथा एकसय गन्तव्यभित्र सूचिकृत ऐतिहासिक, धार्मिक, पुरातात्विक एवं पर्यटकीयस्थल इन्द्रदह परिसरमा हुने चौथो इन्द्रदह पर्यटन उत्सवको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुनेछ ।
उक्त उत्सवमा उपस्थितिको लागि सम्पूर्णलाई इच्छुक महानुभावहरुलाई हार्दिक निमन्त्रणा गरेको छ ।
तपाइँको प्रतिक्रिया ।