बुढानिलकण्ठ नगरपालिका-  १० बालुवाखानीमा विन्ग्स मन्टेश्वरीको नयाँ शाखा

बुढानिलकण्ठ नगरपालिका-  १० बालुवाखानीमा विन्ग्स मन्टेश्वरीको नयाँ शाखा

कपन अनलाइन

काठमाडौँ, फागुन ४।  बुढानिलकण्ठ नगरपालिका वडा नं – १० स्थित बालुवाखानीमा विन्ग्स मन्टेश्वरी” Wings Montessori ” नामकाे मन्टेश्वरी स्कूल स्थापना भएको छ ।

बालबालिकाहरु विद्यालय जानुपूर्व दिइने पूर्व प्रथामिक शिक्षाले उनीहरुको चौतर्फी रुपमा शैक्षिक विकासमा सहयोग गरिरहेको हुन्छ । खासगरी विद्यालय जानु अघि दिइएको शिक्षा र संस्कारबाट नै उनीहरुको भविष्य समेत निर्धारण हुने गर्दछ । यिनै कुरालाई मध्यनजर गर्दै पछिल्लो समयमा मन्टेश्वरी खुल्ने क्रम बढ्दो छ ।

अठार वर्ष देखि सैक्षिक क्षेत्रमा लागेकी सम्झना खड्काले काठमाडौँको  मन्टेश्वरी संचालन गरेकी हुन् । लामो समय आफुले सिकेको सीप र ज्ञानलाई आफ्नै लगानीमा नेपालमानै केहि गर्ने उदेश्यका साथ मन्टेश्वरी संचालन गरेकी उनले बताइन् । बुढानिलकण्ठ नगरपालिका – १० काे साँप्रेढुङ्गा, बालुवाखानीमा ३ रोपनी क्षेत्रफ़लभित्र निर्माण भएको सुबिधासम्पन भवन,बालमैत्री वातावरणयुक्त स्कूलमा विद्यार्थीलाई न्यानो माया, सुरक्षित वातावरण, सम्मान, सहयोग, सामाजिक बन्ने खुबीमा जोड, मनोवैज्ञानिक बुझाइलाई आत्मसात् गर्दै चौतर्फी विकासका कुरा सिकाइने खड्काले बताइन् ।

Wings Montessori School को माघ १६ गते श्री पंचमी तथा सरस्वती पुजाको अवसर पारेर कार्यवाहक वडाध्यक्ष चन्द्रमान श्रेष्ठ र खड्का क्षेत्री समाजका अध्यक्ष बाबुराम खड्काले सयुक्तरुपमा उद्घाटन गरे ।

मन्टेश्वरीमा सिकाईएको कुरा र नर्सरी,केजीमा पढाईहुने पाठ्यक्रम उस्तै उस्तै भएका कारण पनि मन्टेश्वरीमा पढेर गएका बच्चाहरु प्रिमियर लेभलमा टप भएर निस्कने हुँदा अभिभावकहरुलको पहिलो रोजाई मन्टेश्वरी हुन थालेको छ ।

भक्तपुरको शाखाको रुपमा संचालन भएको यो  “विन्ग्स मन्टेश्वरी” मा प्ले ग्रुप देखि यु. के. जी सम्मका बालबालिकाहरुलाई भर्ना लिने बताइएको छ ।

तपाइँको प्रतिक्रिया ।