लक्षुप्रकाश मल्लको ‘म वियोगमा बाँचीरहेँ’ नामक गीत विश्व किर्तीमान कायम गर्न सफल
कपन अनलाइन
काठमाडौं, फागुन ४ । लक्षु प्रकाश मल्लको ‘म वियोगमाबाँचीरहेँ’ नामक गीतले नेपाल तथा विश्वमै नयाँ किर्तीमान कायम गर्न सफल भएको छ ।
ई–क्रोमेटिक स्केलमा संगीत विद्याको १२ वटै शुर प्रयोग गरेर गीत बनाइएको हो । संगीतले नयाँ किर्तीमान कायम गरेर एभरेष्ट विश्व रेर्कडको सर्टिफिकेट समेत प्राप्त गर्न सफल भएको कुरा शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मलेन मार्फत जानकारी गराईएको छ ।
‘म वियोगमाबाँचीरहेँ’ संगीतले विश्व रेर्कड कायम गरेर नेपाली कला क्षेत्रलाई अन्तराष्ट्रिय स्तरमा चिनाउन सफल भएको जानकारी दिइएको छ ।
गीतमा संगीतलक्षु प्रकाशमल्लको रहेको छभने सो गीतमागीतकार डा. दलिप कुमार मल्लको रहेको छ ।मल्ले संगीत काठमाडौंको पुतलीसडक स्थित परीवेश रेकर्डिङ स्टुडियोमा रेकर्डिङ भएको जानकारी समेत गराएका छन् ।
गायक, संगीतकार तथा संगीत संयोजक लक्षु प्रकास मल्ल वि.स.२०५९ सालदेखि कला क्षेत्रमा निरन्तर सक्रिय छन्। उनले अहिले सम्म दुई दर्जनभन्दा बढि गीतमा स्वर-शब्द संगीत भरिसकेका छन् ।
सो कार्यक्रमको सभापति समेत गरेकागीतकार साहित्यकार डा. दलिपकुमार मल्लले समग्रमा सो गीतलाई शुभकामना व्यक्त गरेका छन् । संगीतले आगामी दिनमा नयाँ उचाई कायमगर्ने प्रतिबद्वता मल्लले व्यक्त गरेका छन् । संगीतले नयाँ किर्तीमान कायम गरेकोमा उनी निकै उत्साहि तभएको व्यक्त गर्नुका साथै संगीत नेपाली समाजमा निकै लोक प्रिय हुने समेत विश्वास व्यक्त गरेका छन् ।
त्यसैगरी कार्यक्रममा अग्रज गायिका देवी हमालले सो संगीतले नयाँकिर्तीमान हासिल गरेकोमा शुभकामना व्यक्त गरेकी छिन् । यस संगीतबाट नेपाली कलाक्षेत्रमा नयाँ उत्साह ल्याउने समेत जनाएकी छिन् ।
त्यसैगरि कार्यक्रममा वरिष्ठ संचारकर्मी तथाकलाकार सुदर्शन आर्चायले सो संगीतलाई शुभकामना दिदैँँ आगामी दिनमा सो संगीतले नयाँ उचाई हासिल गर्ने बताएका छन् । सो संगीत नेपाली समाजमा निकै लोक प्रियहुनेसमेत उनले जनाएका छन् ।
कार्यक्रममा प्रमुखअतिथि वरिष्ठ संगीतकार राजु सिंह, विशेष अतिथिसमेत रहेका संगीतकार नरहरि प्रेमीले गीतको समालोचना गरेकाथिए । स्टार म्युजिक सेन्टर प्रा.ली. को आयोजना रहेको सो कार्यक्रमको सचालन संचारकर्मी राजकुमार रायमाझीले गरेकाथिएभने मिडिया संयोजकको रुपमापत्रकार प्रकाश बराईली“अभिव्यक्ति” रहेकाथिए ।
कार्यक्रममा प्रमुखअतिथि समेत रहेका वरिष्ठ संगीतकार राजु सिंहको हातबाट एभरेष्ट वल्र्ड रेकर्डको सर्टिफिकेट संगीतकार लक्षु प्रकास मल्लले ग्रहण गरे । एभरेष्ट वल्र्ड रेकर्डको सर्टिफिकेट ग्रहण गरिसके पश्चात लक्षुप्रकाश मल्लले नेपाली सांगीतीक क्षेत्रलाई अझ थप उचाँईमा पुर्याउनका लागिआफ्नो तर्फबाट सक्दो योगदान रहने विश्वास समेत व्यक्त गरेका छन् ।