गीताञ्जली र ग्रिनफिल्डलाई उपाधि

गीताञ्जली र ग्रिनफिल्डलाई उपाधि

कपन अनलाइन

काठमाडौं, फागुन ४। गीताञ्जली र ग्रिनफिल्डले पाँचौं हिसान उपत्यकाव्यापी खेलकुद सप्ताहअन्तर्गत भलिबलमा शनिबार च्याम्पियन बनेका । गीताञ्जली ब्वाइज तथा ग्रिनफिल्ड गल्र्समा पहिलो भए ।
बसुन्धरास्थित ऋत एकेडेमीमा भएको ब्वाइज फाइनलमा गीताञ्जलीले जुबिलियन्टलाई २५–१०, २५–१८ र २५–२३ को सोझो सेटमा पराजित गर्यो ।
गल्र्सको उपाधि भिडन्तमा ग्रिनफिल्डले ऋतलाई २५–७, २५–४ र २५–८ को सीधा सेटमा हरायो । विजेतालाई आयोजक काठमाडौं हिसानका अध्यक्ष नरेन्द्रबहादुर अधिकारी, सह–सचिव आनन्दकुमार यादवलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । ब्वाइजमा १८ र गल्र्समा ५ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।