भव्य बिदाइका साथ सन्देश कटुवाल दुबई उडे

कपन अनलाइनपुष २ गते
विश्व जुनियर बुद्धिचाल प्रतियोगितामा छनौट भएका कपनका प्रतिभाशाली १२ वर्षीय सन्देश कटुवाल आज युएइको दुबई सहर उडेका छन् । उनले १२ वर्ष मुनीको विश्व जुनियर बुद्धिचाल प्रतियोगितामा नेपालको तर्फबाट प्रतिष्पर्धा गर्ने क्रममा डिसेम्बर १९ बाट खेलमा सहभागि हुनेछन् । कपन ३ निवासी यी प्रतिभाशाली बालक कपनकै पायोनियर स्कूलमा कक्षा ६ मा अध्ययनरत छन् ।

bhaa
कतार उड्नु अघि आज कपनमा आयोजित एक विशेष कार्यक्रममा सन्देशलाई सन्देशलाई अभिनन्दनस्वरुपको शुभकामना तथा बिदाइको भव्य कार्यक्रम गर्दै र्याली निकालिएको थियो । कपन खेलकुद विकास समिति तथा पायोनियर स्कूलले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा कपन क्षेत्रका स्थानीय व्यक्तिहरु तथा विद्यार्थीको उत्साहजनक उपस्थिति थियो । र्याली निकालिनु अघि पायोनियर स्कूलमा आयोजित औपचारिक कार्यक्रममा गाउँ खेलकुद विकास समिति, स्कूल तथा बिभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले सन्देशलाई बधाई तथा शुभकामना दिएका थिए । कार्यक्रममा गाउँ खेलकुद विकास समितिले कपन गाविससँगको पहल गरेर सन्देशका लागि रु. २० हजार नगद दुबईमा बसोबास खर्चको रुपमा प्रदान गरेको गाउँ खेलकुद विकास समितिका सदस्य भरत धितालले कपन अनलाइनलाई जानकारी गराए ।

तपाइँको प्रतिक्रिया ।