केभीएस र हाइली सेमिफाइनलमा

केभीएस र हाइली सेमिफाइनलमा

कपन अनलाइन

काठमाडौँ, फागुन २। काठमाडौं विनायक शिक्षालय (केभीएस) र हाइली क्रिएटिभ पाँचौं अर्किड कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
केभीएसले नेपाल तारालाई ३–० गोलले पराजित गर्यो । केभीएसका नवीन रोकाया, किसन मखिम र नितम कार्कीले गोल गरे । नेपाल ताराका भुवन श्रेष्ठ ‘म्यान अफ द म्याच’ घोषित भए । हाइली क्रिएटिभले भीमेश्वर एकेडेमीलाई १–० गोलले हरायो । हाइली क्रिएटिभका भगवान खत्रीले निर्णायक गोल गरे । भीमेश्वरका महेश पाण्डे ‘म्यान अफ द म्याच’ चुनिए ।
अर्किड स्कुलद्वारा आयोजित प्रतियोगितामा गोल्डेन बड र ग्रिनविच क्वाटरफाइनलमा पुगे । गोल्डेन बडले लाइसियम प्याराडाइसलाई २–० गोलले पाखा लगायो । दुवै गोल विवेक गुरुङले गरे । लाइसियमका स्वरुप खत्री ‘म्यान अफ द म्याच’ बने । ग्रिनविचले नेक्ससलाई पेनाल्टी सुटआउटमा ४–३ गोलले पन्छायो । निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएको थियो ।

तपाइँको प्रतिक्रिया ।