पाँचौं अर्किड कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रीतिमा

पाँचौं अर्किड कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रीतिमा

कपन अनलाइन

काठमाडौँ,फागुन १।

प्रीतिमा पाँचौं अर्किड कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेको  छ ।
प्रीतिमाले विनायकलाई टाइब्रेकरमा ४–१ गोलले पराजित गर्यो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा टुंगिएको थियो । विनायकका रोहन बमजन ‘म्यान अफ द म्याच’ घोषित भए ।
काठमाडौं विनायक शिक्षालय (केभीएस) र भीमेश्वर एकेडेमी पनि आ–आफ्नो खेल जित्दै क्वाटरफाइनलमा स्थान बनाउन सफल रहे । केभीएसले आयोजक अर्किडलाई ६–१ गोलले हरायो । केभीएसका नवीन रोकाया, प्रतीक पोखरेल र अविरल थापाले समान २ गोल गरे । अर्किडका ललित पुन मगरले सान्त्वना गोल फर्काए । अर्किडका सुमन खड्का ‘म्यान अफ द म्याच’ चुनिए । भीमेश्वरले हाइल्यान्डमाथि ४–० को सहज जित दर्ता ग¥यो । भीमेश्वरका प्रवीन बस्नेतले ३ तथा मन्जिल पाण्डेले १ गोल गरे । हाइल्यान्डका सन्जोक राई ‘म्यान अफ द म्याच’ बने ।
अन्य खेलमा लाइसियम प्याराडाइस र नेक्सस विजयी भए । लाइसियमले मानाङक प्याराडाइसलाई २–१ गोलले पाखा लगायो । लाइसियमका लागि दुवै गोल स्वरुप खत्रीले गरे । मानाङकका ‘म्यान अफ द म्याच’ रोमन लामाले १ गोल गरे । नेक्ससले ब्रम्हकुञ्जलाई १–० गोलले हराउदा मनीष बारियाले निर्णायक गोल गरे । ब्रम्हकुञ्जका रोहन सापकोटा ‘म्यान अफ द म्याच’ ठहरिए ।

तपाइँको प्रतिक्रिया ।