प्रिसियस क्वाटरफाइनलमा

प्रिसियस क्वाटरफाइनलमा

कपन अनलाइन

काठमाडौँ, फागुन १।उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) जिल्ला कार्यसमिति काठमाडौंद्वारा आयोजित खेलकुद सप्ताहअन्तर्गत ब्वाइज भलिबलमा दोहोरो जित निकाल्दै प्रिसियस क्वाटरफाइनलमा प्रवेश गर्यो ।
प्रिसियसले रिभेरालाई २५–२३ र २५–१७ तथा ह्वाइटफिल्डलाई २५–१२ र २५–१७ को सोझो सेटमा पराजित ग¥यो । अन्य खेलमा जया मल्टिपल कलेजले नवोदितलाई २५–२१, १७–२५ र २५–१३ तथा टाइम्सले हार्टल्यान्डलाई २५–१९ र २५–२० को सेटमा हराए । नकआउट आधारमा भइरहेको भलिबलको ब्वाइजमा १८ टिमले भाग लिएका  छन् । गल्र्समा ५ टिम सहभागी छन् । भलिबल पनि ऋत एकेडेमीमै भइरहेको छ ।
प्रतियोगिताको केन्द्रीय हिसानका अध्यक्ष समेत रहेका राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले एक कार्यक्रमबीच उद्घाटन गरे । खेलकुद सप्ताहमा टेबलटेनिस, फुटसल र टग अफ वार पनि समावेश रहेको आयोजक हिसान काठमाडौंका अध्यक्ष नरेन्द्रबहादुर अधिकारीले जनाएका छन् ।

तपाइँको प्रतिक्रिया ।