लिबर्टी एकेडमी गोकर्णेश्वर ८ द्वारा आयोजित अन्तर बिद्यालय स्तरीय जिल्ला ब्यापी दोस्रो लिबर्टी कप सेभेन ए साइड छात्र/छात्रा फुटबल प्रतियोगिताको उपाधी नेपालय स्कुल लाई
कपन अनलाइन
काठमाडौँ, माघ २९। गोकर्णेश्वर नगरपालिका वडा नं ८ अत्तरखेलमा संचालित लिबर्टी एकेडेमी द्वारा आयोजित अन्तर बिद्यालय स्तरीय जिल्ला ब्यापी दोस्रो लिबर्टी कप सेभेन ए साइड छात्र/छात्रा फुटबल प्रतियोगिताको दुवै तर्फ को उपाधि नेपालय इंगलिस पब्लिक स्कुल (नेप्स)ले जितेको छ ।अत्तरखेल शिवपुरी चोक स्थित खेल मैदानमा माघ २४ गते देखि जारी प्रतियोगिता मंगलबार एक कार्यक्रमका बीच समापन भएको हो।

उक्त समापन समारोहका प्रमुख अतिथि काठमाडौं क्षेत्र नं ३ का संघीय सांसद कृष्ण बहादुर राइ रहेका थिए भने बिशेष अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिका शिक्षा शाखाका अधिकृत टेकेन्द्र ढकाल, गोकर्णेश्वर प्याब्सन अध्यक्ष मदन सुवेदी,नेसनल प्याब्सन गोकर्णेश्वर अध्यक्ष मोहन अधिकारी,इसानका अध्यक्ष एबम होलि एन्जल्स स्कुलका प्रिन्सिपल राजकुमार श्रेष्ठ, भेनस नेसनल कलेजका क्याम्पस चिफ कृष्ण गौतम, महानगरीय प्रहरी प्रभाग गोकर्णका प्रहरी प्रमुख प्रहरी नायब निरीक्षक प्रभाकर पुडासैनी, लिबर्टी एकेडेमी तथा बिध्यालय व्यवस्थापन समितिकि अध्यक्ष पुष्पा प्रधान ढकाल, निसानका महासचिब एबम गोकर्णेश्वर लाइट एकेडमीका प्रिन्सिपल सौर्य नाथ आचार्य, नेपालय स्कुल का संस्थापक अध्यक्ष बुद्ध श्रेष्ठ, जीवन तारा स्कुलका प्रिन्सिपल अमर गिरि, अत्तरखेल युवा समाजका अध्यक्ष सुमन लामा, कार्यक्रम संयोजक एबम अत्तरखेल युवा समाजका सचिब दिनेश राइ, निसानका कोषाध्यक्ष एबम जीवनतारा एकेडेमिका संस्थापक नवराज सापकोटा सामाजिक अभियन्ता इश्वर पुडासैनी, लिटिलबड स्कुलका शिक्षक बिर बहादुर धिमाल, लिटिल बड स्कुलका कोर्डिनेटर ,बिबेक आचार्य,पुर्व खेलाडी तथा रेफ्री प्रदिप लामा रेफ्रीहरु, अत्तरखेल युवा समाजका पदाधिकारी, बिभिन्न बिद्यालयका प्रिन्सिपल शिक्षक प्रतिनिधि खेलाडी तथा उल्लेख्य खेल प्रेमी दर्शकहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रमको अध्यक्षता लिबर्टी स्कुल कलेजका प्रिन्सिपल तथा राष्ट्रिय संस्थागत बिध्यालय संघ निसानका केन्द्रीय अध्यक्ष ओम प्रसाद ढकालले गरेका थिए । राष्ट्रिय गान संगै शुरु भएको सो कार्यक्रमका प्रमुख अतिथि काठमाडौं क्षेत्र नं ३ का संघीय सांसद कृष्ण बहादुर राइले नेपालको राष्ट्रिय झन्डा फहराएर औपचारिक कार्यक्रमको उद्घाटन गरेका थिए ।

कार्यक्रममा अत्तरखेल युवा समाजका सचिब एबम सो प्रतियोगिताका संयोजक दिनेश राइले स्वागत मन्तब्य राखेका थिए ।उनले अहिले सम्म अत्तरखेल युवा समाजले गरेका कार्यक्रममा सहयोग गर्ने सबैलाई धन्यबाद दिदै चाडैनै अत्तरखेल युवा समाजले फुटबल प्रतियोगिता आयोजना गर्न लागेको जानकारी गराउदै त्यसमा पनि साथ र सहयोगको अपेक्षा गरेका थिए।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै काठमाडौं क्षेत्र नं ३ का संघीय सांसद कृष्ण बहादुर राइले आयोजकलाइ धन्यबाद दिएका थिए ।उनले स्वास्थ्यको लागि खेलकुद आवश्यक रहनुका साथ खेलकुदबाट बिश्वमा राष्ट्रलाइ चिउने माध्यम समेत भएको बताए । उनले विद्यालय स्तरबाट नै खेलाडी उत्पादन गर्न सके प्रतिभावान खेलाडी उत्पादन नभएर त्यसले राष्ट्रका लागि फाइदा पुर्याउने पनि बताए । बिद्यार्थीहरुको चौतर्फी विकासका लागि पनि खेलकुद आवश्यक रहेको बताए उनले बिद्यालयले समय सयममा संचालन गर्ने अतिरिक्त क्रियाकलापले बिद्यार्थीको पढाईमा थप उर्जा मिल्ने समेत बताए उनले बिद्यार्थीलाई रटन्ते किताबी ज्ञानमात्र नभई अतिरिक्त क्रियाकलापमा सहभागी गराई उनीहरु भित्र रहेको प्रतिभा प्रष्फुटन गर्ने अव्सर्पानी दिनुपर्छ जुन काम लिबर्टी एकेडेमीले गर्दै आएकोमा खुसि ब्यक्त गरेका थिए। उनले खेलाडीहरुलाई शुभकामना दिएका थिए ।

सभाध्यक्षको आसन बाट बोल्दै लिबर्टी स्कुल कलेजका प्रिन्सिपल तथा राष्ट्रिय संस्थागत बिध्यालय संघ निसानका केन्द्रीय अध्यक्ष ओम प्रसाद ढकालले दोस्रो संस्करणको लिबर्टी कप छात्रा छात्र सेभेन ए साइड फुटबल प्रतियोगितालाइ समपन्न गर्नको लागि सहयोग पुर्याउने सबैलाई धन्यबाद दिएका थिए। उनले विद्यार्थीलाई स्कुलको परिक्षामा पास भएर मात्र नहुने भन्दै जिवनका हरेक परिक्षा र ब्यबहारिकतामा पास हुनुपर्ने भन्दै त्यसको लागि लिबर्टी एकेडेमी परिवारले हर सम्भब प्रयास गरिरहेको बताए ।

उनले खेलकुदलाई शिक्षाको महत्वपूर्ण अंगको रुपमा लिइएकोले लिबर्टीले दोस्रो लिबर्टी कप सेभेन ए साइड छात्र/छात्रा फुटबल प्रतियोगिताको दोस्रो संस्करण आयोजना गरेको स्पष्ट पार्दै खेलकुदको विकास विद्यालय तहबाटै शुरु हुने भएकाले खेलाडीलाई फुटबलमा लाग्ने प्रेरित गर्नुको साथै विधार्थीका बीचमा स्वस्थ्य प्रतिस्पर्धा, शारीरिक र मानसिक रुपमा दुरुस्त रहन यस्ता प्रतियोगिता सहयोगी हुने विश्वासका साथ प्रतियोगिताको दोस्रो संस्करण आयोजना गरेको पनि बताए ।

उनले फुटबलमा छात्राहरुको रुची भए पनि अवसर नपाउदा आफु भित्र रहेको प्रतिभा प्रष्फुटन गर्न नपाएको अवस्थालाई मध्यनजर गर्दै छात्राहरुको पनि फुटबल प्रतियोगितालाइ समाबेश गरिएको बताए। उनले छात्रा हरुलाई समाबेश मात्र नगरिकन पुरस्कारमा पनि कुनै भेदभाब नगरिकन समान राखिएको पनि जानकारी गराएका थिए। उनले प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीहरुलाई लिबर्टी एकेडेमीमा बिशेष छुट मा छात्रवृत्ति प्रदान गर्ने बताउदै कार्यक्रमलाइ सहयोग गर्ने अत्तरखेल युवा क्लबका साथै सबै सहयोगी हातहरुलाई धन्यवाद समेत ब्यक्त गरेका थिए ।

कार्यक्रममा लिबर्टी स्कुलका बिद्यार्थीहरुले नेपालको मौलिक नृत्य मार्फत मनोरंजन समेत प्रदान गरेका थिए।कुल ३५ वटा बिध्यालयले सहभागिता जनाएको सो प्रतियोगितामा छात्र तर्फ २७ र छात्रा तर्फ १४ वटा टिमले उपाधिको लागि प्रतिस्पर्धा गरेका थिए ।प्रतियोगिताको फाइनल खेलको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि संघिय सांसद कृष्ण बहादुर राइले रेफ्रीलाई बल हस्तान्तरण गरि उद्घाटन गरेका थिए । मंगलबार भएको सो प्रतियोगिताको छात्र छात्रा दुवै तर्फको फाइनल खेलमा नेपालय इंगलिस पब्लिक स्कुल बिजयी भएको थियो।

छात्र तर्फको फाइनल खेल नेपालय र भेनस पब्लिक स्कुल बीच भएको थियो। उक्त खेलमा नेपालयले भेनस पब्लिक स्कुललाई २-१ ले पराजित गर्दै उपाधी जितेको हो। निकै नै प्रतिस्पर्धात्मक बनेको सो खेल शुरु भएको ३० सेकेन्डमा नै भेनस पब्लिक स्कुलका जर्सी नं ११ का आयुस मगरले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए। एक गोलले पछि परेको नेपालयका खेलाडीहरुले आक्रामक खेल खेल्दै गोलको लागि प्रयास गरेका थिए। खेलको ११ औं मिनेटमा नेपालयका जर्सी नं १० का खेलाडी सरोज कार्कीले उत्कृष्ट गोल गर्दै खेललाइ बराबरीमा पुर्याए। पहिलो हाफ बराबरीमा सकिएको सो खेलको दोस्रो हाफ सुरु भए संगै दुवै तर्फ बाट गोलको लागि राम्रा राम्रा प्रयास भएको थियो ।खेलको २६ मिनेटमा नेपालयका जर्सी नं ८ का पासाङ थिङले निर्णायक गोल गर्दै नेपालयलाइ बिजयी गराए।

त्यसै गरि छात्रा तर्फको फाइनल खेल नेपालय इंगलिस पब्लिक स्कुल (नेप्स) र गोकर्णेश्वर लाइट एकेडेमी बीच भएकोथियो। सो खेलमा नेपालयले गोकर्णेश्वर लाइट लाइ १-० गोल अन्तरले पराजित गर्दै बिजयी भएको थियो सो खेलमा नेपालय कि एलिशा तामाङले गरेको गोल नै निर्णायक गोल बन्न पुग्यो। मंगलबार नै तेस्रो स्थानका लागि भएको छात्रा तर्फको खेल जीवन तारा एकेडेमी र आयोजक लिबर्टी एकेडेमी बीच भएको थियो ।

निकै नै प्रतिस्पर्धात्मक भएको सो खेल बराबरी सकिए पश्चात भएको पेनाल्टी सुट आउटमा आयोजक लिबर्टीले जीवनतारा एकेडेमीलाइ ४-३ गोल अन्तरले पराजित गर्दै तेस्रो स्थान हासिल गरेको थियो। त्यसै गरि छात्र तर्फ तेस्रो स्थानका लागि आयोजक लिबर्टी र जीवन ताराले प्रतिस्पर्धा गरेका थिए। उक्त खेलमा जीवन तारा एकेडेमीले आयोजक लिबर्टी एकेडेमीलाइ ५-१ गोल अन्तरले पराजित गर्दै तेस्रो स्थान हासिल गर्न सफल भएको हो ।

प्रतियोगितामा छात्र छात्राका बिजेता नेपालय , उप बिजेता गोकर्णेश्वर लाइट एकेडेमी र भेनसले क्रमश नगद रु २० हजार, १० सहित आकर्षक ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरे भने तृतीय हुदै आयोजक लिबर्टी र जिवनतारा एकेडेमीले नगद रु ५ हजार सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरे ।

त्यसै गरि प्रतियोगिताको छात्र तर्फको अनुसाशित टिम छहारी शिक्षा सदन घोसित भयो भने छात्रा तर्फ सहयोगी माबी हुन सफल रह्यो। त्यस्तै छात्र तर्फ उत्कृष्ट खेलाडीको रुपमा नेपालयकी एलिशा तामाङ घोसित भइन भने छात्रा तर्फ नेपालयकै मनिष मगर घोसित भए।

प्रतियोगिताको छात्र तर्फ सर्वाधिक गोलकर्ताको रुपमा लिबर्टी एकेडेमीकि उपासना लिम्बु घोसित भइन भने छात्रा तर्फ जीवन ताराका बलबहादुर घोसित भए । त्यसै गरि छात्र तर्फ उत्कृष्ट गोल रक्षकमा गोकर्णेश्वर लाइट एकेडेमीकि निङमा डोल्मा घोसित भइन भने छात्र तर्फभेनसका जी एस राइ घोसित भए ।

प्रतियोगितामा बिजेता उप बिजेता तथा उत्कृष्ट खेलाडीहरुलाई कार्यक्रममा प्रमुख अतिथि संघिय सांसद कृष्ण बहादुर राइ लगायत बिसेष अतिथिहरुले पुरस्कार वितरण गरेका थिए। कार्यक्रमलाइ सहयोग पुर्याउने संघ सस्था ब्यक्तिहरु तथा प्रतियोगिता अवधिभर रेफ्रीको भूमिका निर्वाह गर्ने रेफ्रीहरु फुर्वा तामाङ, किरण लामा, सोनाम मुखिया, सुरज लामा,र सारांश लामालाइ पनिमायाको चिनो मार्फत सम्मान गरिएको थियो ।
