पुष ६ गते नेपालीले विश्वकप ट्रफि हेर्न पाउने

कपन अनलाइनSoobaS10मंसिर २७

फुटबल विश्वकपमा प्रदान गरिने सुनैलो ट्रफि पहिलो पटक नेपाल भित्रने भएको छ । एन्फा तथा कोकाकोला नेपालको सहयोगमा नेपाल भित्रन लागेको विश्वकप ट्रफि पौष ६ मा काठमाण्डौ त्रिपुरेश्वरस्थित फुटबल रंगाशालामा प्रत्यक्ष अवलोकनको लागि ल्याइने छ ।विश्वकप फुटबल २०१४ शुरु हुन १८२ दिन बाँकी हुँदा विभिन्न राष्ट्रहरुको भ्रमणमा रहेको विश्वकप ट्रफि भारत हुँदै नेपाल भित्रने छ । कोकाकोला नेपालले विभिन्न कार्यक्रम गरि १५०० जनालाई फ्रि टिकट र भाग्यशाली ३ जनालाई नेपाल देखि भुटान सम्मको ट्रफि टुरमा सहभागि गराउने जनाएको छ । जसमध्ये भाग्यशाली ३ सहभागि चितवनका पवन कुमार फुयाल, कपनका नवराज रायमाझी र कीर्तिपुरका मधुराम महर्जन छनोट भइसकेको छ ।
घरेलु नेपाली फुटबल पारखीहरूले भने रंगाशालाको टिकट काटि सुनैलो ट्रफिको अवलोकन गर्ने अवशर पाउने छन् । नेपाली फुटबलको इतिहास मै पहिलो पटक हुन लागेको सो कार्यक्रममा नेपाली फुटबल समर्थकहरूको उल्लेखनीय तथा उत्साहजनक सहभागीता रहने आयोजकको दाबी रहेको छ । नेपाली फुटबललाई संरक्षण र प्रबर्दन गर्न एन्फाको यो कदम पक्कै पनि उल्लेखनीय रहने छ ।

तपाइँको प्रतिक्रिया ।