विवादमा मुछिएको गाविसको नयाँ भवन निर्माण कार्य शुरु

[service title=”आशिष गुरागाईं /कपन अनलाइन ” icon=”https://www.kapanonline.com/wp-content/uploads/2013/09/aas.jpg”][/service]
मंसिर २६/ कपन ,काठमाडौँ

चुनाव अघि अनेपेक्षित विवादको घेरामा तानिएको गाविस भवन केहि दिन अघिदेखि निर्माण कार्य शुरु भएको छ । शंकरे डाँडाको सौन्दर्यको विषयमा उत्पन्न विवादका कारण केहि समय पहिला खनिएको जग समेत पुर्न लगाइएको कपन गाविसको निर्माणाधिन भवन हाल आएर त्यसै स्थानमा ५ मिटर तल भासी निर्माण कार्य शुरु गरिएको हो ।

अदुरदर्शी सोच र केहि ब्यक्तिका व्यक्तिगत कारणले यस गाविस भवनको लागतमा करिब १ लाख ५० हजार रुपैयाँ खन्ने र पुर्ने कार्यमा व्यर्थमा खर्च भएको छ  । उक्त रकम कोसंग  र कसरी ब्यहोर्ने निर्णय नै नगरि बनाउन शुरु गरिएको भवन निर्माण कार्यले ढिलै भएपनि गति लिएको छ ।

DSC09503

करिब ६० लाखको लागतमा निर्माण हुने कपन गाविसको भवन निर्माण समितिका अध्यक्षमा कपन एमाओवादीका  अध्यक्ष शिब बजगाई छन् । त्यसैगरी सचिवमा राजाराम बुढाथोकी र कोषाध्यक्षमा कपन एमालेका  अध्यक्ष ध्रुवराज न्यौपाने रहेका छन् ।

द्वन्द्वकालमा तत्कालिन माओवादीबाट क्षति पुर्याइएको भवन शान्ति पक्रिया पछि त्यसैलाई काम चलाउ रुपमा प्रयोग गरिदै आएको थियो । सानो ठाउँ र सेवाग्राहीको अत्यन्तै ठूलो चापले गर्दा कार्य सम्पादन अत्यन्तै कठिन बन्दै गएपछि निर्वतमान गाविस सचिव लोमश आचार्यको पहलकदमीमा उक्त गाविस भनव निर्माणले गति लिएको हो  ।

 

भवन निर्माण कार्य शुरुभए देखि कपन अनलाइन ले प्रकाशित गरेको समाचारहरु :

  1. स्थानीयको दवाबपश्चात खारेको शंकरे डाँडो जस्ताको तस्तै बनाइने निर्णय

  2. खारिएको शंकरे डाँडा पुरियो, अब गाविस भवन कता बनाउने भन्ने अन्यौल

  3. गाविस भवनका लागि शंकरे डाँडालाई खारेर खाल्डो बनाएपछि विवाद उत्पन्न

  4. शन्दर्भ शंकरे डाँडोः ऐतिहासिकता र सुन्दरताप्रति कमजोर चासो

  5. कपन कांग्रेसले बोलाएको बैठकमा कपनका दुवै माओवादी आएनन्

 

 

तपाइँको प्रतिक्रिया ।