गोकर्णेश्वर नगरपालिकाको धार्मिक तथा आध्यात्मिक सद्भावना दूतमा त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रकी निवर्तमान अध्यक्ष रेखा अर्याल मनोनित

गोकर्णेश्वर नगरपालिकाको धार्मिक तथा आध्यात्मिक सद्भावना दूतमा त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रकी निवर्तमान अध्यक्ष रेखा अर्याल मनोनित

कपन अनलाइन

काठमाडौं माघ २३ ।गोकर्णेश्वर नगरपालिकाको  धार्मिक तथा आध्यात्मिक सद्भावना दुतमा त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रकी निवर्तमान अध्यक्ष समेत रहेकी  गोकर्णेश्वर नगरपालिका वडा नं ७ निवासी रेखा अर्याललाइ   मनोनित गरिएको छ ।

गोकर्णेश्वर नगरपालिकाको मिति २०७६ जेठ ७ गते बसेको नगर कार्यपालिकाको निर्णय अनुसार जन सरोकारका बिभिन्न समिति गठन गर्ने र सोको संयोजक तथा सदस्यहरु तोक्ने नगर प्रमुखलाइ जिम्मेवारी प्रदान गर्ने भन्ने निर्णय भएकोले  उपत्यका भित्रका काठमाडौं भक्तपुर र ललितपुर अन्तर्गतका सम्पूर्ण महानगर, उप महानगरहरु नगरपालिका र वडा भित्र रहेका पुरातात्विक महत्वका बिभिन्न मठ मन्दिरहरु धार्मिक तथा आध्यात्मिक संघ संस्थाहरु र सम्पूर्ण अभियान र समितिहरुको इतिहास वर्तमान अवस्था र  भाबि योजना समेत निर्माण गरि सम्पूर्ण कोण बाट कार्य गर्नको लागि अध्ययन अनुसन्धान तथा प्रवर्धन गर्ने उदेह्स्यका साथ धार्मिक तथा आध्यात्मिक सद्भावना दुत  बिभागमा उनलाई बिभाग प्रमुख को रुपमा मनोनित गरिएको हो ।

आज नगरपालिकाको सभा हलमा एक समारोहका बीच उनलाई बिभाग प्रमुखको पदमा मनोनित गरिएको पत्र गोकर्णेश्वर नगरपालिका  प्रमुख सन्तोष चालिसेले  प्रदान गरेका हुन् । उनलाई पत्र हस्तान्तरण गर्दै नगर  प्रमुख सन्तोष चालिसेले नगरपालिका, बिषयगत समिति र सम्बन्धित शाखा संग समन्वय तथा सहकार्य गरि संलग्न  कार्य विवरण र प्रचलित ऐन नियम अनुसार जिम्मेवारी निर्वाह गर्न अनुरोध  गर्दै बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त  गरेका  थिए।  उक्त कार्यक्रममा नगर प्रमुख सन्तोष चालिसे ,गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अग्नि प्रसाद अधिकारी, गोकर्णेश्वर नगरपालिका वडा नं ५ का अध्यक्ष नारायण बहादुर सुवेदी , नेपाल दलित बिद्यार्थी संघका केन्द्रीय अध्यक्ष राजु सुनार ,सामाजिक अभियन्ता श्रीकृष्ण सिंखडा, समाज सेवी पाल्देन लामा, प्रमि शेर्पा लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा  गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अग्नि प्रसाद अधिकारी, गोकर्णेश्वर नगरपालिका वडा नं ५ का अध्यक्ष नारायण बहादुर सुवेदी , नेपाल दलित बिद्यार्थी संघका केन्द्रीय अध्यक्ष राजु सुनार,सामाजिक अभियन्ता श्री कृष्ण सिंखडा, समाज सेवी पाल्देन लामा, प्रमि शेर्पा  लगायतले  बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गरेका थिए।

तपाइँको प्रतिक्रिया ।