ज्वाई जेठान मनि ट्रान्सफर ठगिकाण्डका मुख्य योजनाकार पुर्पक्षको लागी थुनामा

मंसिर २३/ काठमाडौँ
२० गते करीब १२:१५ बजेको समयमा ज्वाई जेठान मनि ट्रान्सफर, गौशाला बत्तिस पुतलीबाट अख्तियार दुरूपयोग अनुसन्धान आयोग र CIB को मानिस हुँ भनि नक्कली पत्र देखाई रु १ लाख ८० हजार २ सय रूपैया ठगी गर्ने घटनाका मुख्य योजनाकार भोजपुर चण्डी बजार गा.वि.स वडा नं. ४ घर भई हाल बौद्ध ६ कपुधारा बस्ने रोशन देवान राईलाई केन्द्रीय अनुसन्धान व्यूरो, महाराजगन्जले पक्राउ गरेकोछ
घटनाका मुख्य योजनाकार रोशन देवान राई बिरूद्ध मनप्र परिसर काठमाण्डौबाट ठगी तथा सरकारी छाप दस्तखत किर्ते मुद्दा दर्ता गरी अनुसन्धान पश्चात काठमाण्डौ जिल्ला अदालतमा पेश गरेको र जिल्ला अदालत, काठमाण्डौको मंसिर १० गतेको निर्णयले निजलाई ठगी समेतको मुद्दामा पुर्पक्षमा राख्ने आदेश भए बमोजिम हाल केन्द्रीय कारागार सुन्धारामा थुनामा रहेको जानकारी प्रहरीले गरायो ।

ठगी गर्ने समुहका मुख्य योजनाकार  रोसन देवान राई / प्रहरी ले उपलब्द गराएको फोटो
ठगी गर्ने समुहका मुख्य योजनाकार:- रोसन देवान राई / प्रहरी ले उपलब्द गराएको फोटो

उनीहरुबाट प्रहरीले ठगी कार्यमा प्रयोग गरिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोग र CIB उल्लेखित हस्त लिखित प्याडमा रहेको हस्त लिखित पत्रको व्योहोरा पाना नम्बर २ मा रोसन देवान राईको हस्त लिखत सँग मेल खाएको भनि प्रहरी केन्द्रीय विधि बिज्ञान प्रयोगशालाबाट प्रतिवेदन प्राप्त भएकोर मुख्य योजनामा अर्को ब्यक्तिलाई प्रयोग गरी सो मनी ट्रान्सफरबाट रु १ लाख ८० हजार २ सय रूपैया ठगी गरी लगेको। प्र.उ. पिताम्बर अधिकारीले कपन अनलाइ लाइ बताए ।

तपाइँको प्रतिक्रिया ।