तोयाकान नेपाल वादो-रियो कराते डो संघ द्वारा आयोजित तेश्रो अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितामा नेपाल टिम च्याम्पियन

तोयाकान नेपाल वादो-रियो कराते डो संघ द्वारा आयोजित तेश्रो अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितामा नेपाल टिम च्याम्पियन

कपन अनलाइन

काठमाडौं ,माघ २२। ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ तोयाकान नेपाल वादो – रियो कराते डो संघ  तथा नेपाल बादो महासंघ को आयोजनामा तेस्रो अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगिता  सम्पन्न  भएको छ ।माघ १८ गते  बाट माघ २० गते सम्म गोकर्णेश्वर नगरपालिका वडा नं ६ नया बस्ति स्थित चार्ल्स डार्बिन एकेडमी कलेजमा संचालन भएको सो प्रतियोगिता  समापन सत्रका का प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिका वडा नं ६ का वडा अध्यक्ष रमेश अर्याल रहेका थिए।

 त्यसै गरि  बिशेष अतिथिको रुपमा रुपमा अष्ट्रेलियाबाट आएका  तोयाकन अन्तर्राष्ट्रिय कराते संघका महागुरु शिहान पौल बटरफिल्ड गोकर्णेश्वर नगरपालिका प्रवक्ता एबम वडा नं ८ का वडा अध्यक्ष मनोज कुमार ढुंगाना वडा नं ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी ,वडा नं ९ का वडा अध्यक्ष राजिब थापा,समाज सेवी शम्भु प्रसाद अधिकारी लर्ड्स लाइट एकेडेमीका प्रिन्सिपल निराजन आचार्य,  President and General Secretary of Pupils Olympic Association India का  महम्मद रफी शेख,एसियन वादोरियोका प्रेसिडेन्ट अजय आर शाह, तोयाकन नेपाल बादो- रियो कराते –डो संघ का महासचिब एबम प्रमुख प्रशिक्षक अरुण कुमार कार्की ,बरिष्ठ उपाध्यक्ष प्रेम कुमार श्रेष्ठ , कोषाध्यक्ष पेम्बा शेर्पा,  तोयाकान नेपाल बादो-रियो कराते डो संघका उपाध्यक्ष एबम लिबेर्टी एकेडेमीका प्रिन्सिपल ओम प्रसाद ढकाल, चार्ल्स डार्बिन एकेडमी कलेजका प्रिन्सिपल युवराज काफ्ले लगायत तोयाकान नेपाल बादो-रियो कराते डो संघका पदाधिकारीहरु खेलाडी रेफ्री र खेलप्रेमी दर्शकहरुको उपस्थिति रहेको थियो ।

 कार्यक्रमको अध्यक्षता तोयाकान नेपाल वादो – रियो कराते डो संघका अध्यक्ष संजय लामाले गरेका थिए भने कार्यक्रम संचालन तोयाकान नेपाल बादो-रियो कराते डो संघका उपाध्यक्ष एबम लिबेर्टी एकेडेमीका प्रिन्सिपल ओम प्रसाद ढकालले गरेका थिए ।समापन कार्यक्रमको उद्घाटन प्रमुख अतिथिले पानसमा दिप प्रज्वलन सहित गरेका थिए ।कार्यक्रममा नेपाल मित्र राष्ट्र भारत र अष्ट्रेलियाको राष्ट्रिय गान समेत बजाइएको थियो ।कार्यक्रममा तोयाकान नेपाल बादो-रियो कराते डो संघका उपाध्यक्ष मनिष तामाङले स्वागत मन्तब्य  राखेका थिए।कार्यक्रममा शुभकामना मन्तब्य राख्दै तोयाकन नेपाल बादो- रियो कराते –डो संघ का महासचिब एबम प्रमुख प्रशिक्षक अरुण कुमार कार्कीले प्रतियोगिता आयोजना गर्नुको उदेश्य माथि प्रकाश पारेका थिए ।

कार्यक्रममा  गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता एबम वडा नं ८ का वडा अध्यक्ष मनोजकुमार ढुंगाना वडा नं ५ का वडा अध्यक्ष  नारायण बहादुर सुवेदी ,वडा नं ९ का वडा अध्यक्ष राजिब थापा लगायतले शुभकामना मन्तब्य राख्दै आगामी दिनमा पनि एस्ता प्रतियोगितासंचालन गर्नको लागि आफ्नो तर्फ बाट गर्न सकेको सहयोग सदैब रहने बताएका थिए ।

कार्यक्रममा अष्ट्रेलियाबाट आएका  तोयाकन अन्तर्राष्ट्रिय कराते संघका महागुरु शिहान पौल बटरफिल्डले नेपालमा आउन पाउदा खुसि लागेको बताउदै कार्यक्रम सफलताको शुभकामना ब्यक्त गरेका थिए ।कार्यक्रममा चार्ल्स डार्बिन मा अध्ययनरत बिद्यार्थीहरुले बिभिन्न सांस्कृतिक नृत्य मार्फत मनोरञ्जन प्रदान गरेका थिए।त्यसै गरि कार्यक्रममा चार्ल्स डार्बिन स्कुल कलेजका प्रिन्सिपल युवराज काफ्ले समाज सेवी शम्भु प्रसाद अधिकारी लगायतले पनि शुभकामना मन्तब्य राखेका थिए ।

दुइ दिन सम्म चलेको   उक्त प्रतियोगीतामा नेपाल भारत, अष्ट्रेलिया र  पाकिस्तान गरि ४ वटा रास्ट्रहरुबाट ४० जना अफिसियल सदस्यहरु र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरि ३५०जना  खेलाडीहरुको सहभागिता रहेको थियो । उनीहरुले   काता र कुमिते गरि ३० विधामा ३० स्वर्ण, ३० रजत र ६० कांस्य पदकका लागि प्रतिस्पर्धा गरेका थिए । राष्ट्रिय क्याटागोरीमा  एलिसा मगर राइजिग स्टार खेलाडी घोसित भइन। ,बेस्ट प्लेयर छात्रा तर्फ सुजता श्रेष्ठ ,त्यसै गरि छात्र तर्फ उत्कृष्ट खेलाडी बिनोद सोनाल घोसित भए। त्यस्तै गरि  अनुशासित टिमको अवार्ड  बानेश्वर डोजोले प्राप्त गरेको थियो।  प्रतियोगतामा तृतीय स्थान हासिल गर्न सफल  गुजोकाइ  हुन सफल भयो त्यसै गरि प्रतियोगितामा जोरपाटी डोजो दितीय स्थान हासिल गर्न सफल भएको थियो भने प्रथम स्थान हासिल गर्न मन मैजू डोजो सफल  भयो।

 अन्तर्राष्ट्रिय क्याटागोरीमा भारत फर्स्ट रनर अप हुन सफल भएको छ भने नेपाल टिम च्याम्पियन बन्दै तेस्रो अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगिताको उपाधि  जित्न सफल भएको छ । प्रतियोगिताको समापन समारोहमा केहि महिना अघि भारतको आग्रामा भएको गेममा प्रथम स्थान हासिल गर्ने तोयाकन नेपाल बादो- रियो कराते –डो का खेलाडी तथा अफिसियल हरुलाई समेत सम्मान गरिएको थियो।कार्यक्रमलाइ सफलता पुर्वक सम्पन्न गर्नको लागि सहयोग गर्ने संघ सस्था तथा ब्यक्तिहरुलाई समेत मायाको चिनो प्रदान गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै गोकर्णेश्वर नगरपालिका वडा नं ६ का वडा अध्यक्ष रमेश अर्यालले बिजेता उप बिजेता तथा सहभागी खेलाडीहरुलाई बधाई तथा शुभकामना ब्यक्त गरेका थिए ।उनले नेपालले भ्रमण वर्ष २०२० मनाइरहंदा येस्ता प्रतियोगिताले पनि सहयोग गर्ने बताए। उनले एस्ता प्रतियोगिताले  गोकर्णेश्वर नगरपालिका र सिंगो देशलाई  अन्तराष्ट्रिय स्तरमा चिनाउँन महत्वपुर्ण योगदान पुर्याउने विश्वास  समेत ब्यक्त गर्दै वडा तथा नगरले  खेलकुदलाइ प्राथमिकतामा  राखेको बताएका थिए।

उनले आगामी दिनमा पनि वडा तथा नगरले सकेको सहयोग गर्ने प्रतिबद्दता ब्यक्त गरेका थिए ।सभाध्यक्षको आसन बाट बोल्दै तोयाकान नेपाल वादो – रियो कराते डो संघका अध्यक्ष संजय लामाले प्रतियोगिता सफलता पुर्वक समपन्न गर्नको लागि  सहयोग गर्ने सबैलाई धन्यवाद ब्यक्त गरेका थिए ।खुल्ला कराते प्रतियोगिता २०७६ साल माघ १८ र १९ गते गरि दुइ दिन सम्मा चलेको थियो  भने माघ २० गते कराते गोष्ठी समेत भएको थियो  ।

कराते गोष्ठीमा अष्ट्रेलियाबाट तोयाकन अन्तर्राष्ट्रिय कराते संघमा महागुरु शिहान पौल बटरफिल्ड द्वारा खेलाडीहरुलाई प्रशिक्षण समेत दिएका थिए । यसअघि २०७६ साल  जेठ १० र ११ गते नेपालको गोकर्णेश्वर नगरपालिकामा दोस्रो अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगिता सम्पन्न भैसकेको छ ।

तपाइँको प्रतिक्रिया ।