लुम्बिनी कलेजले प्रायोजन गरेको प्याब्सक अन्तर बिध्यालय फुटसल प्रतियोगिता आज बाट शुरु

लुम्बिनी कलेजले प्रायोजन गरेको प्याब्सक अन्तर बिध्यालय फुटसल प्रतियोगिता आज बाट शुरु

कपन अनलाइन

काठमाडौं, माघ २२ । लुम्बिनी कलेजले प्रायोजन गरेको निजी तथा आवासीय विद्यालय संगठन काठमाडौं (प्याब्सक)  अन्तर-विद्यालय फुटसल प्रतियोगिता आज बाट शुरु भएको छ।“विकास, अनुशासन र गतिशीलता खेलाडिको पहिचान” “राष्ट्रका लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद” भन्ने मुल नाराका साथ आज बाट माघ २४ गते  सम्म लुम्बिनी फुटसल ग्राउण्ड, चुच्चेपाटीमा चल्ने सो प्रतियोगिता प्रतियोगितामा काठमाडौं उपत्यकाका ६०  वटा विद्यालयका ६४ वटा टिमको  सहभागिता रहेको छ।

आज एक समारोहका बीच उक्त प्रतियोगिताको उद्घाटन गरिएको हो। उक्त उद्घाटन समारोहका प्रमुख अतिथि एन्फाक अध्यक्ष कर्मा छिरिङ शेर्पा रहेका थिए भने  बिशेष अतिथिमा एन प्याब्सन काठमाडौँ जिल्ला  अध्यक्ष विष्णु प्रसाद  पराजुली, एन प्याब्सन काठमाडौँका कोषाध्यक्ष श्याम योञ्जन, लुम्बिनी कलेजका प्रिन्सिपल रविन चन्द्र कोइराला, प्याब्सक प्रमुख सल्लाहकार तथा निवर्तमान अध्यक्ष नारायणबाबु  तिम्सिना, प्याब्सकका  पदाधिकारी, विभिन्न विद्यालयका प्रिन्सिपल,  सहभागी बिध्यालयका शिक्षक प्रतिनिधि खेलाडी र खेलप्रेमी दर्शकहरुको उपस्थिति रहेको थियो।

कार्यक्रमको अध्यक्षता निजी तथा आवासीय विद्यालय संगठन काठमाडौं (प्याब्सक) अध्यक्ष गेन्द्र लामाले गरेका थिए भने कार्यक्रम संचालन आयोजक संस्थाका महासचिव तथा पायोनियर पब्लिक स्कुलका प्रिन्सिपल राजन श्रेष्ठले गरेका थिए।कार्यक्रममा प्याब्सकका समिर बास्तोलाले स्वागत मन्तब्य राख्दै कार्यक्रमको उदेश्य माथि प्रकाश पारेका थिए।कार्यक्रमका प्रमुख अतिथि एन्फा अध्यक्ष कर्मा छिरिंग शेर्पाले   शुभकामना मन्तब्य राख्दै  प्रतियोगिता सफलताको शुभकामना ब्यक्त गरेका थिए। उनले फुटबल खेलको विकासका लागि फुटसलले महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताए । विश्वको फुटबल खेल अहिले आधुनिक स्तरमा पुगेको भन्दै उनले  बलले हैन बुद्धिबाट फुटबल खेल्न थालिएको  जसका कारण सो  खेलबाट विद्यार्थीको शारिरिक मात्र नभई मानसिक विकासमा पनि टेवा पुग्ने उनले बताए ।  उनले खेलाडीहरुलाई अनुशासित भएर खल्न पनि आग्रह गरेका थिए।

सभाध्यक्षको आसन बाट बोल्दै निजी तथा आवासीय विद्यालय संगठन काठमाडौं (प्याब्सक) अध्यक्ष गेन्द्र लामाले उपस्थित सबैलाई धन्यबाद दिदै प्रतियोगिता मार्फत् देशका लागि उत्कृष्ट खेलाडीहरु जन्माउने  लक्ष्य रहनुको  साथै विभिन्न विद्यालयहरू बीच आपसी भाईचाराको सम्बन्ध स्थापित हुने विश्वासका साथ प्रतियोगिता आयोजना गरिएको स्पष्ट पारेका थिए ।उनले  विद्यार्थीहरूको सिर्जनात्मक क्षमतालाई प्रस्फुटन गर्न र अतिरिक्त क्रियाकलापलाई निरन्तरता दिन यस वर्ष चौथो संस्करणको अन्तर विद्यालय फुटसल प्रतियोगिता आयोजना गरिएको पनि बताए ।लुम्बिनी एकेडेमी मुख्य प्रायोजक भएको उक्त प्रतियोगितामा कक्षा नौ सम्म अध्ययनरत विद्यार्थीहरूलाइ मात्र सहभागीता गराइएको  जानकारी गराउदै कार्यक्रम सफलता पुर्वक समपन्न गर्नको लागि सबैको साथ र सहयोगको अपेक्षा गरेका थिए । उनले प्रायोजक लुम्बिनी कलेज लाइ समेत बिशेष धन्यबाद दिएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि एन्फा प्रमुख कर्मा छिरिंग शेर्पाले म्याच रेफ्री माया तामांगलाइ  बल हस्तान्तरणगरि प्रतियोगिताको उद्घाटन गरेका थिए ।  उद्घाटन खेलमा फेरिल्याण्डले अरुणिमा लाइ १ का बिरुद्द ३ गोल अन्तरले हराई बिजयी सुरुवात गरेको छ ।यसै गरि ग्रिन फिल्ड, गणेश हिमाल, आकाश गङ्गा , विनायक, जोन एकेडेमी, प्राक्सिस “ए”, हिमालय, ज्ञानचक्षु, केभिएस ले पनि आ-आफ्नो समुह बाट जित हासिल गरेका छन्  ।

यसै गरि आजै सम्पन्न अर्को खेलमा विट्स एकेडेमीले हिमालय लाइ ३-२ गोलले , केभिएस ले तिरुपतिलाइ ६-१ गोलले र भिमेश्वर ले गणेश हिमाललाई पेनाल्टीमा ४-३ गोलले हराई क्वाटर फाइनल प्रवेश गरेका छन   । प्रतियोगितामा  उत्कृष्ट  ४ टिमले नगद पुरस्कार  क्रमश  १० हजार , ८ हजार , ७ हजार र ५ हजार सहित ट्रफी मेडल र प्रमाण पत्र पाउने छन्  भने व्यक्तिगत विधा तर्फ उत्कृष्ट  खेलाडी , उत्कृष्ट  गोलरक्षक र सर्बाधिक गोलकर्तालाई पुरस्कृत गरिने प्याब्सक  अध्यक्ष गेन्द्र लामा ले जानकारी गराए ।प्रतियोगिता आगामी माघ २४ गते सम्म संचालन हुनेछ।

फोटो : सरोज बस्नेत

तपाइँको प्रतिक्रिया ।