उज्ज्वल महर्जनलाई स्वर्ण

उज्ज्वल महर्जनलाई स्वर्ण

कपन अनलाइन

काठमाडौं, माघ २० । सिद्धार्थ बनस्थलीका उज्ज्वल महर्जनले तेश्रो सम्झना कप अन्तर्राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताको यु–१० ब्वाइज सिंगल्समा आइतबार स्वर्ण जितेका छन् ।
ललितपुर जिल्ला टेबलटेनिस क्लबको आयोजनामा लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा उज्ज्वलले आरुणीका सुशिल न्यौपानेलाई ११–४, ११–८ र ११–७ को सोझो सेटमा पराजित गरे । आदर्श विद्याल मन्दिर (एभीएम) काद्वय कृष्णबहादुर महर र एरिश शाकय तेश्रो भए ।
सोही स्पर्धाको गल्र्समा युलेन्सकी शुभश्री श्रेष्ठ पहिलो भइन् । फाइनलमा शुभश्रीले प्रोक्सिमाकी नमरदा खाइतुलाई ११–३, ११–५ र ११–२ को सीधा सेटमा हराइन् । एभीएमकाद्वय युनिका महर्जन र प्रीति गुरुङ तेश्रो बने ।
यु–१२ गल्र्स फाइनलमा विजेश्वरीकी सुमिस्मता खड्काले विजेश्वरीकै अनामिका कस्तीलाई ११–२, ११–२ र ११–५ को सोझो सेटमा पन्छायाउदै पहिलो भइन् । एभीएमकी आश्मा पहरी र स्वर्णिमकी कृपा महर्जन तेश्रो स्थानमा रहे ।

तपाइँको प्रतिक्रिया ।