कपन बहुमुखी क्याम्पसमा साइबर अपराध र सुरक्षा सम्बन्धि चेतनामुलक विषयक एक दिवसिय कार्यक्रम सम्पन्न

कपन बहुमुखी क्याम्पसमा साइबर अपराध र सुरक्षा सम्बन्धि चेतनामुलक विषयक एक दिवसिय कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाडौं, माघ २० । सुचना प्रविधि बिभाग थापागाउँले आयोजना गरेको साइबर अपराध र सुरक्षा सम्बन्धि चेतनामुलक विषयक एक दिवसिय कार्यक्रम सम्पन्न भएको  छ ।

मिलनचोक स्थित हिलिम पार्टी प्यालेसमा कपन बहुमुखी क्याम्पसका शिक्षक, बिधार्थीको सहभागिता रहेको  उक्त  कार्यक्रम  पछिल्लो समयमा सुचना प्रविधि मार्फत भएका अपराधजन्य गतिविधि वा क्रियाकलापलाई न्युनिकरण गर्न सो कार्यक्रम आयोजना गरेको सुचना प्रविधि अधिकृत तेज कुमार केसीले बताएका छन ।

उक्त कार्यक्रमको  प्रशिक्षण नेपाल प्रहरीका इस्पेक्टर सुनिल बर्नालले साईबर अपराध र सुरक्षाको बारेमा सुचना प्रविधिको उल्लंघन गरेका विभिन्न किसिमका तस्वीर र भिडियोहरु देखाएर बिधार्थीलाई साइबर अपराध र सुरक्षाको बारेमा प्रकाश पारेका  थिए  ।

कार्यक्रममा बोल्दै कपन बहुमुखी क्याम्पसका अध्यक्ष कुमार ओझाले  सुचना प्रविधि विभाग टिमलाई बधाई र धन्यवाद   व्यक्त गर्दै अझै यस्ता शैक्षिक क्षेत्रमा टेवा पुर्‍याउने कार्यक्रम ल्याउन शुभकामना दिए।

उक्त कार्यक्रममा सुचना प्रविधि विभागका निर्देशक लोकराज शर्माले अनावश्यक मात्रमा नेट, इन्टरनेट ,फेसबुक जस्ता माध्यममा जोडिएर नराम्रो गतिविधि नगर्न आग्रह गर्दै उपस्थित सबैलाई धन्यबाद व्यक्त गर्दै कार्यक्रम समापन गरेका थिए।

तपाइँको प्रतिक्रिया ।