महानगर प्याब्सन फुटसल आइतबारदेखि

महानगर प्याब्सन फुटसल आइतबारदेखि

कपन अनलाइन

काठमाडौं ,माघ १७।काठमाडौं महानगर प्याब्सन कमिटीको आयोजनामा काठमाडौं महानगर प्याब्सन कप फुटसल प्रतियोगिताको पहिलो संस्करण आइतबारदेखि हुने भएको छ ।प्रतियोगितामा ३२ छात्र टिमको सहभागिता रहने आयोजक कमिटीका अध्यक्ष मुरारीप्रकाश सन्जेलले बिहीबार विट्स एकेडेमीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । सहभागी टिमलाई विभिन्न ८ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । समूहमा शीर्ष स्थानमा रहने टिम मात्र सोझै क्वाटरफाइनलमा प्रवेश गर्ने छ ।


विजेताले २० हजार, उपविजेताले १० हजार र तेश्रो हुनेले ५ हजार नगद पुरस्कार पाउने आयोजक कमिटीका वरिष्ठ उपाध्यक्ष समेत रहेका प्रतियोगिता संयोजक ज्ञानबहादुर श्रेष्ठले जानकारी दिए । उक्त नगद पुरस्कार आईसीएफसी फाइनान्स र हिमालयन डेन्टल अस्पतालले प्रायोजन गर्ने भएको छ ।

उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई पनि नगदसहित पुरस्कृत गरिने छ ।प्रतियोगिता सञ्चालन गर्न करिब ४ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । तीनदिने प्रतियोगिताका खेलहरु बौद्धस्थित एरिना फुटसलमा खेलाइने छ ।

तपाइँको प्रतिक्रिया ।