कम्युनिटी केयर नेपाल द्वारा आयोजित बुढानिलकण्ठ नगरपालिका अन्तर बिद्यालय सेभेन ए साइड फुटबल प्रतियोगिताको क्वाटरफाइनलका खेलहरु सम्पन्न
कपन अनलाइन
काठमाडौँ, माघ १७ ।बुढानिलकण्ठ नगरपालिका वडा नं ८ महांकालमा रहेको कम्युनिटी केयर नेपाल द्वारा आयोजित बुढानिलकण्ठ नगरपालिका अन्तर बिद्यालय सेभेन ए साइड फुटबल प्रतियोगिताको बिहिबार क्वाटरफाइनलका खेलहरु समपन्न भएको छ ।शैक्षिक ज्ञान र शिप विकास को साथ साथै खेलको माध्यम बाट आचरण सुधार गर्दै खेल कौशलको विकास गरि अन्य शैक्षिक संस्थाहरु संगको सम्बन्ध प्रगाढ बनाइ बिद्यार्थीहरुमा रहेको फुटबल प्रतिको अभिरुचीलाइ मध्यनजर गर्दै प्रतिभावान फुटबल खेलाडी उत्पादन गर्ने उदेश्य राखेर बुढानिलकण्ठ नगरपालिका वडा नं १० स्थित ह्याण्ड बल खेल मैदानमा संचालित सो प्रतियोगिताको पहिलो क्वाटर फाइनल खेल ड्याफोडेल स्कुल र शारदा माबी बीच भएको थियो।
उक्त खेल निर्धारित समय सम्म २ -२ गोल को बराबरीमा सकिए पछि पेनाल्टी शुटआउट बाट निर्णय लिईएको थियो। जसमा शारदा एकेडमीले ड्याफोडेल स्कुललाई ५-४ गोल अन्तर ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ। त्यसै गरि हिजो नै सम्पन्न दोस्रो क्वाटरफाइनल खेल पायोनियर पब्लिक स्कुल र रिलायन्स पब्लिक स्कुल बीच भएको थियो। निकै नै प्रतिस्पर्धात्मक बनेको सो खेलमा पायोनियर पब्लिक स्कुलले रिलायन्स पब्लिक स्कुललाई ४-३ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको छ।
बिहिबारनै सम्पन्न तेस्रो क्वाटरफाइनल खेल त्रिज्योति स्कुल र जोसेफ स्कुल बीच भएको थियो। उक्त खेलमा त्रिज्योतिले जोसेफ स्कुललाइ ६ -१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ। त्यसै गरि अन्तिम क्वाटरफाइनल खेल भ्याली पब्लिक स्कुल र ध्रुवतारा स्कुल बीच भएको थियो। उक्त खेलमा ध्रुबतारा स्कुलले भ्याली पब्लिक स्कुललाई ३-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको प्रतियोगिताका संयोजक अशोक श्रेष्ठले कपन अनलाइन लाइ जानकारी गराए।
कुल १६ वटा टिमले सहभागिता जनाएको प्रतियोगिता माघ १८ गते सम्म चल्नेछ ।प्रतियोगीतामा प्रथम दितीय हुनेले नगद पुरस्कार क्रमश रु २० हजार र १० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन भने प्रतियोगितामा बिभिन्न विधामा उत्कृष्ट हुने खेलाडी र म्यान अफ द म्याचको ट्रफीको समेत व्यवस्था गरिएको छ।आज सेमिफाइनलका खेलहरु संचालन हुनेछ ।