१९ औं ज्ञान निकेतन बास्केटबल प्रतियोगिताको क्वाटरफाइनलमा मोर्गन

१९ औं ज्ञान निकेतन बास्केटबल प्रतियोगिताको क्वाटरफाइनलमा मोर्गन

कपन अनलाइन

काठमाडौं ,माघ १७। मोर्गन इन्टरनेसनल कलेज १९ औं ज्ञान निकेतन बास्केटबल प्रतियोगिताको प्लस टु ब्वाइजतर्फ बिहीबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
शंखमूलस्थित आयोजक ज्ञान निकेतनको कोर्टमा मोर्गनले नोबेल एकेडेमीलाई ४५–३१ ले पराजित गर्यो  । मोर्गनका निश्चल देवकोटाले १७ अंक जोडे । इन्साइट भिजन पनि ग्लेसियरलाई ३७–२७ ले हराउदै सोही स्पर्धामा क्वाटरफाइनलमा पुग्न सफल भयो । इन्साइट भिजनका जश गुरुङले १७ अंक जोडे ।
प्लस टु ब्वाइजमै गोल्डेनगेट इन्टरनेसनल कलेजले ट्रिनिटी इन्टरनेसनल कलेजलाई ६८–५१, जेभियर इन्टरनेसनल कलेजले चाणक्यलाई ६३–४० र ह्वाइटहाउसले रिलायन्स इन्टरनेसनल एकेडेमीलाई ४१–२७ ले पाखा लगाए । गोल्डेनगेटका आशुतोष उप्रेतीले २५, जेभियरका सोनाम श्रेष्ठले ३० र ह्वाइटहाउसका सुरज बस्नेतले १६ स्कोर गरे ।

तपाइँको प्रतिक्रिया ।