नेसनल युनाइटेड स्कुलमा सरस्वती पृ्जनोत्सव मनाउदै तथा वार्षिक खेलकुद कार्यक्रम सुरु

नेसनल युनाइटेड स्कुलमा सरस्वती पृ्जनोत्सव  मनाउदै तथा वार्षिक खेलकुद कार्यक्रम सुरु

कपन अनलाइन

काठमाडौं, माघ १७  । हात्तीगौंडा स्थित नेसनल युनाइटेड स्कुलमा  २०७६ माघ १६ गते बिहीबार “संगै  उत्कृष्टता हासिल गरौं ” भन्ने मृ्ल नाराका साथ वार्षिक अतिरिक्त क्रियाकलाप तथा खेलकुद कार्यक्रम २०२० सुरु भएको छ ।

कार्यक्रमको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सह—प्राध्यापक रेवती प्रसाद दाहाल तथा संस्थापक निर्देशक जे.बी. हमालले खेल सामाग्री हस्तान्तरण गरी संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।सोहि   दिन बिहान ८ बजेदेखि विद्यालय प्राङ्गणमा पण्डितद्वारा मन्त्रवाचन गरी सरस्वती पृ्जनोत्सव कार्यक्रम गरिएको थियो । पृ्जनोत्सव कार्यक्रममा विद्यार्थी तथा अभिभावकरुको उल्लेख्य उपस्थिति रहेको थियो । सो अवसरमा प्ले ग्रुप, नर्सरी, एल.के.जी र यृ्.के.जी कक्षाहरुमा विशेष छुट सहित नयाँ भर्ना गरिएको साथै अन्य कक्षाहरुमा नयाँ भर्नाको लागि सिट बुकिङ्ग गरिएको विद्यालयले जानकारी गराएको छ ।

विविध सांस्कृतिक कार्यक्रम सहित उद्घाटन गरिएको कार्यक्रममा चारवटै हाउसका विद्यार्थीहरुले हाउसको झण्डा सहित मार्च पास गरेका थिए । कार्यक्रम माघ १६ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने विद्यालयले जनाएको छ ।

कार्यक्रममा फुटसल, बास्केटबल, टेबल टेनिस, व्याडमिन्टन, कराते, बुद्धिचाल, हाइजम्प, लङ्गजम्प, रोड रेस लगायत विभिन्न ३९ विधामा नर्सरीदेखि कक्षा नौसम्मका विद्यार्थीहरुले १६२ स्वर्ण, १६२ रजत तथा १६२ कास्य पदकका लागि प्रतिस्पर्धा गर्ने छन् ।
उद्घाटनसँगै सुरु भएको बास्केटबलको सिनियर व्बाइजतर्फको खेलमा रेड हाउसले ग्रिन हाउसलाई ३०—१५ ले पराजित गरी दोस्रो चरणमा प्रवेश गर्न सफल भयो । त्यसैगरी पहिलो दिन व्याडमिन्टन, बास्केटबल, क्यारम बोर्ड लगायत १३ स्पर्धाका विभिन्न चरणका खेलहरु सम्पन्न भएका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दाहालले शिक्षा र खेलकुद एकअर्काका परिपुरक रहेको जानकारी गराउनुका साथै यस्ता कार्यक्रमहरुले विद्यार्थीहरुलाई शारीरिक तथा मानसिक रुपमा तन्दुरुस्त राखी शैक्षिक क्रियाकलापमा समेत सकारात्मक प्रभाव पार्ने कुरामा जोड दिंदै कार्यक्रम समापन पश्चात् विजेताहरुलाई पुरस्कृत गरिने जानकारी गराए  ।

तपाइँको प्रतिक्रिया ।