गंगालाल हृदय केन्द्रमा अक्सिजन प्लान्ट स्थापना गर्न काठमाडौँ महानगरले सहयोग गर्ने
कपन अनलाइन
काठमाडौँ , माघ १५ । मुटुको समस्या भएर गंगाला हृदय केन्द्रमा उपचार गर्न आउने बिरामीलाई निःशुल्क अक्सिजन उपलब्ध गराउन महानगरले प्लान्ट स्थापना गरिदिने भएको छ ।
यसका लागि सहिद गंगालाल श्रेष्ठका नामबाट सञ्चालित केन्द्र र महानगरबीच आज सहमति पत्रमा हस्ताक्षर भएको छ । केन्द्रको २४ औं स्थापना दिवस तथा सहिद सप्ताहको कार्यक्रम पारेर महानगरका प्रमुख बिद्यासुन्दर शाक्य र केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेश सभा सदस्य दीपक निरौलाको रोहबरमा सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।
उक्त कार्यक्रममा बोल्दै महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले रोगको उपचारका लागि मात्र नभइ रोग लाग्नै नदिनका लागि पनि कार्यक्रम अघि बढाएको बताए । उनले नागरिकको दैनिक समस्यासँग जोडिने हरेक ठाउँमा सहयोग गर्न सक्ने बताए । उनले भने काठमाडौंका सबै नगरलाई सार्वजनिक जग्गा संरक्षण/हरियाली प्रबर्धन र पार्क निर्माणका लागि १/१ करोड रुपैयाँ सहयोग उपलब्ध गराएको, प्रबर्धनात्मक तथा उपचारात्मक स्वास्थ्य सेवाका लागि नेपाली सेना, कान्ति बाल अस्पताल लगायतसँग सहमति गरेको, सहरी सुरक्षाका लागि नेपाल प्रहरीसँग सहकार्य गरेको बताए ।
फोटो सौजन्य : काठमाडौँ अनलाइन