“तेस्रो  सम्झना कप”खुल्ला अन्तरास्ट्रिय टेबुल टेनिस प्रतियोगिता  हुने 

“तेस्रो  सम्झना कप”खुल्ला अन्तरास्ट्रिय टेबुल टेनिस प्रतियोगिता  हुने 

कपन अनलाइन 

काठमाडौँ , माघ  १४ । “तेस्रो  सम्झना कप”खुल्ला अन्तरास्ट्रिय  टेबल टेनिस प्रतियोगिता-२०२०  हुने  भएको  छ ।

ललितपुर टेबल टेनिस क्लबले पत्रकार सम्मेलन गरी उक्त प्रतियोगिता  २०७६ माघ  १८  गते  देखि २०७६  माघ  २५  गते  सम्म  लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुने जनाएको छ ।

उक्त प्रतियोगितामा  मित्र  रास्ट्रहरु  भारत , दक्षिण  कोरिया , र पाकिस्तान  तथा  नेपालको तीन  विभागीय  टोलि  सहित  अखिल  नेपाल टेबल टेनिस संघ मा  आबद्ध जिल्ला /स्कुल  र कलेजबाट  ५२४ खेलाडीहरुको  सहभागिता  रहने  छ । खेलाडीहरुले १४  स्वर्ण , १४  रजत , २८  कास्य पदकका  लागि  प्रतिस्पर्धा गर्ने  छन्  ।

उक्त  प्रतियोगितामा खुल्लातर्फ पुरुष एकल, महिला एकल, पुरुष भेट्रान एकल (४० माथि), महिला र पुरुष एकल (कलेज), १६ बर्षमुनी महिला र पुरुष एकल, १४ वर्ष मुनी महिला र पुरुष एकल र १२ वर्ष मुनी महिला र पुरुष एकलमा प्रतिस्पर्धा हुनेछ ।

उक्त  प्रतियोगितामा खुल्लातर्फको विजेताले ६०  हजार, द्वितीयले३०  हजार र तृतीयले १०  हजार नगद पुरस्कार पाउने छन् । भेट्रान्स एकलको विजेताले १० हजार, द्वितियले ५ हजार र तृतीयले २ हजार ५ सय नगद पाउनेछन् ।
उक्त  प्रतियोगिता समापनको दिनमा  १३ औं सागमा    टेबल टेनिस खेल  तर्फ  पदक  जित्न सफल  खेलाडी , प्रशिक्षक  तथा
अफिसियलहरुलाइ  सम्मान  तथा   टेबल टेनिस खेलमा  जीवन  समर्पण गर्ने  एक  व्यक्तित्वलाई  lifetime  Achievement Award द्वारा  सम्मान  गरिने  आयोजक ले  जनाएको  छ

तपाइँको प्रतिक्रिया ।