प्रदेस -१ का राज्यमन्त्री अम्बिरबाबू गुरुङलाई सम्पर्क मंचको बधाई
कपन अनलाइन
काठमाडौँ , माघ १४ । नेपाल कम्युनिस्ट पार्टी ओखलढुंगा काठमाडौं सम्पर्क मंचले प्रदेश -१ का भौतिक योजना तथा पुर्वाधार विकास मन्त्री अम्बिरबाबू गुरुङलाई बधाई दिएको छ।
काठमाडौं धुम्बाराहीको नवदुर्गा पार्टी प्यालेसमा आयोजित कार्यक्रममा नव नियुक्त राज्यमन्त्री गुरुङलाई बधाई ज्ञापन गरिएको कार्यक्रमको अध्यक्षता चन्द्र राइले गरेका थिए । सो कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य तथा ओखलढुंगा जिल्लाका प्रतिनिधि सभा सदस्य यज्ञराज सुनुवार , नेकपाका केन्द्रिय सदस्य किशोर अधिकारी , नेकपाका नेता बालकृष्ण ढुङेल , नानीबाबु बुढाथोकी ,सकुन्तला राज भण्डारी,बाबुराम गौतम लगायत अतिथि रहेका थिए ।
ओखलढुंगा जिल्लाको राजनीतिक इतिहासमा पहिलो पटक जिल्लाबाट निर्वाचित बामपंथी मन्त्री बन्न सफल बनेका गुरुङ सो जिल्लाको प्रदेश -१ बाट निर्वाचित भएका थिए । यस भन्दा अगाडि ओखलढुंगा जिल्लामा जन्मिएर नेपालका अन्य जिल्लाका निर्वाचन क्षेत्रबाट उपप्रधानमन्त्री ईश्वर पोखरेल र राम कार्की बामपंथी मन्त्री बनिसकेका छन भने स्व. बलबहादुर राई , स्व. गोपाल राई , होमनाथ दाहाल लगायत नेपाली काङ्ग्रेसका तर्फबाट मन्त्री बनिसकेका छ्न।