कम्युनिटी केयर नेपालले आयोजना गर्ने बुढानिलकण्ठ नगरपालिका अन्तर बिद्यालय सेभेन ए साइड फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
कपन अनलाइन
काठमाडौँ,माघ १३ ।बुढानिलकण्ठ नगरपालिका वडा नं ८ महांकालमा रहेको कम्युनिटी केयर नेपालले बुढानिलकण्ठ नगरपालिका अन्तर बिद्यालय सेभेन ए साइड फुटबल प्रतियोगिता सम्पूर्ण तयारी पुरा गरेको छ ।भोलि बाट सुरु हुने सो प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
शैक्षिक ज्ञान र शिप विकास को साथ साथै खेलको माध्यम बाट आचरण सुधार गर्दै खेल कौशलको विकास गरि अन्य शैक्षिक संस्थाहरु संगको सम्बन्ध प्रगाढ बनाइ बिद्यार्थीहरुमा रहेको फुटबल प्रतिको अभिरुचीलाइ मध्यनजर गर्दै प्रतिभावान फुटबल खेलाडी उत्पादन गर्ने उदेश्य राखेर प्रतियोगिता आयोजना गर्न लागिएको कम्युनिटी केयर नेपालका अध्यक्ष बिजेन्द्र श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी गराए ।
विद्यालय स्तरबाट नै प्रतिभावान खेलाडी उत्पादन गर्न सके त्यसले समग्र राष्ट्रका लागि फाइदा पुर्याउने हुँदा फुटबल खेलमा सम्भावना बोकेका प्रतिभाहरुको पहिचान गर्न पनि यस्ता प्रतियोगीताले सहयोग पुर्याउने भएकोले प्रतियोगिताको आयोजना गर्न लागेको पनि अध्यक्ष बिजेन्द्र श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी गराए ।
माघ १४ गते देखि १८ गते सम्म बुढानिलकण्ठ नगरपालिका वडा नं१० स्थित ह्यान्ड बल खेल मैदानमा आयोजना गर्न लागिएको सो प्रतियोगितामा कुल १६ वटा टिमले उपाधिको लागि प्रतिस्पर्धा गर्नेछन । प्रतियोगीतामा प्रथम दितीय हुनेले नगद पुरस्कार क्रमश रु २० हजार र १० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन भने प्रतियोगितामा बिभिन्न विधामा उत्कृष्ट हुने खेलाडी र म्यान अफ द म्याचको ट्रफी समेत प्रदान गरिने उक्त पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो।
बुढानिलकण्ठ नगरपालिका प्रमुख उद्दब खेरलले उद्घाटन गर्ने सो प्रतियोगिताको समापन समारोहमा प्रतिनिधि सभा सदस्य माननीय गगन कुमार थापालाइ आमन्त्रण गरिएको पनि जानकारी गराइएको थियो। उक्त पत्रकार सम्मेलनमा कम्युनिटी केयर नेपालका कोषाध्यक्ष रंजित केसी, सचिब शम्भु कार्की, सदस्यहरु अशोक श्रेष्ठ,भावना अर्याल,बिजेन्द्र पुडासैनी,ज्योति केसी, लगायत प्रतियोगितामा सहभागी बिद्यालयका शिक्षक प्रतिनिधि र पत्रकारहरुको उपस्थिति रहेको थियो ।आज नै प्रतियोगिताको खेल तालिका समेत सार्वजनिक गरिएको थियो । खेल तालिका निम्न रहेको छ।