पाँच मुक्तक !

पाँच मुक्तक !

कपन अनलाइन 

काठमाडौँ , माघ १३ ।नवराज न्यौपाने( मौनु)
एक: दिल्ली
मान्छे हराउछ यहाँ जब बोल्छ दिल्ली
हल्चल् गराउछ यहाँ जब बोल्छ दिल्ली
सोधेर ख्वमितसितै जब चल्नु भन्छन्
कालै डराउछ यहाँ जब बोल्छ दिल्ली

दुई: शहर
आक्रान्त यो शहरमा सुखशान्ति छैन
मर्मान्त यो वदनमा मधुरात्री छैन
बिर्सेर दुख्ख सहजै बनु ढुक्क भन्छु
तै क्लान्त यो अधरमा नवकान्ति छैन

तीन : सकस
नलेखेको यौटा सरल कबिता भन्न सकिन
नदेखेको यौटा नयन मृदुला बोल्न सकिन
अझै मै बाँचेको समग्र धरती काँप्छ किन हो
नबुझेको यौटा विधि र अकथा भुल्न सकिन

चार :सत्य
बेमौसमी बाजा बजायो भने सुन्नेलाई झर्को हुन्छ
ज्ञापन पत्र बुझायो भने बुझ्नेलाई चर्को हुन्छ
न्यायको आँखाले सत्य र सत्यको आँखाले न्याय देखिनु पर्छ
विधिको शासन अनुसार चल्यौं भने जिन्दगी नै अर्को हुन्छ

पाँच : संघर्ष
जति फुल्छन् फूलहरु सबैमा फल लाग्दैनन्
जति लाग्छन् फलहरु सबै फलहरु पाक्दैनन्
प्रकृतिको नियम नै हो संघर्षको खेल पनि
साँच्चै सफल ति हुन्छन् जो संघर्षदेखि थाक्दैनन्

तपाइँको प्रतिक्रिया ।