नासा नेसनल कार्टिङ्ग टिमको घोषणा
कपन अनलाइन
काठमाडौं, माघ १२। धुलिखेल स्थित हिमालयन मोटरल्याण्डमा शनिबारको दिन एक कार्यक्रमका बीच नासा नेपालले आउदो ४ वर्षका लागि नेसनल कार्टिङ्ग टिमको घोषणा गरेको छ।
सो टिम बीच कार्ट्स सम्बन्धि तालिम तथा सानो प्रतियोगीता समेत सम्पन्न गरियो ।कुल ४० जनाको सहभागिता रहेको सो कार्यक्रममानासा कर्टिङ्गका संयोजकअनिल बराल, नेपाल मोटर स्पोर्ट्स कल्बका आशिष लामिछाने, नासाका आइडिपी तथा इभेन्ट संयोजक सन्तोष न्यौपाने, टु व्हिल्लर्स इभेन्टका प्रमुख बिनोद तण्डुकारले खेलकुद, कार्टिङ्ग खेलको नियम तथा प्रकृया बारे तालिम दिए ।
तालिम लगतै कार्टिङ्ग टिम बीच छोटो प्रतियोगिता समेत सम्पन्न गरिएको थियो ।३—३ ल्यापको उक्त प्रतियोगितामा पुरुषतर्फ सुवर्ण सिङ्ग बिस्ट पहिलो, राम बिक्रम थापा दोश्रो, मन्चनतिवारी तेस्रो भए भने महिलातर्फ आकृति बेलबासे पहिलो, नितु श्रेष्ठ दोस्रो, सुष्मा नेपाल तेस्रो भए।
सम्पूर्ण सहभागीहरुलाई अनिल बराल , सन्तोष न्यौपाने , बिनोद तण्डुकार, नासाका सचिवनिरज खड्का, तथाबिनोद श्रेष्ठले प्रमाण—पत्र प्रदान गरेका थिए।
उक्त कार्टिङ्ग टिममा सुनिता देशार, दिप्रशशाक्य, मन्चनतिवारी, नितु श्रेष्ठ, आकृति बेलबासे, आयुशाशाक्य, दिक्ष्यागौतम, अभिषेक लामिछाने, सिजन भट्टराई, सुवर्ण सिङ्ग विष्ट, आश्विनजलान, सोनी ठकुरी, सदिक्षाआचार्य, सरोज श्रेष्ठ, सुष्मा नेपाल, विजयपौडेल, कुशल भण्डारी, अंकित भण्डारी, आशिषश्रेष्ठ, बिष्णु पाण्डे, विकास मेहता,नितेश यादव,रितेश उपाध्या यलगायत रहेका छन् ।
स्मरण रहोस नासा नेपालले यस अघि नैसिङ्गापुर स्थित सर्किटमा अन्तराष्ट्रिय कार्टिङ्ग प्रतियोगिता सम्पन्न गरेको थियो।
शाहसिक तथा पर्यटकीय खेलकुदको क्षेत्रमा कार्टिङ्ग खेल पनि यूवा समुहबीच लोकप्रिय हुदै आएको अवस्थामा यसले नेपाल भ्रमण वर्षको प्रवर्धन गर्नुका साथै नेपालको प्रयटन प्रवर्धनमा समेत योगदान दिने विश्वास गरिएको छ, नासा कार्टिङ्गका संयोजकअनिल बरालले जनाए।