लुम्बिनी कप फुटसल प्रतियोगिताको सेमिफाइनल खेल सम्पन्न
काठमाडौं, माघ १२। चाबहिल चुच्चेपाटीमा संचालित लुम्बिनी कलेजद्वारा आयोजित अन्तर कलेज लुम्बिनी कप फुटसल प्रतियोगिताको सेमिफाइनल खेल सम्पन्न भएको छ।
खेलकुदको विकास विद्यालय र कलेजतहबाटै शुरु हुने भएकाले यसले खेलाडीलाई फुटबलमा लाग्ने प्रेरित गर्नुको साथै विधार्थीका बीचमा स्वस्थ्य प्रतिस्पर्धा, शारीरिक र मानसिक रुपमा दुरुस्त रहन यस्ता प्रतियोगिता सहयोगी हुने विश्वासका साथ उक्त प्रतियोगिता आयोजना गरिएको हो ।
नक आउटको आधारमा खेलाइएको सो प्रतियोगिता लुम्बिनी फुटसल चुच्चेपाटीमा जारी रहेको छ ।
लुम्बिनी कप फूटसल प्रतियोगिताको उपाधिको लागी केब्स कलेज र इनसाइट भिजन एकेडमी “ए” भिड़ने भएका छन । शनिबार सम्पन्न सेमिफ़ाइनलमा केब्सले इनसाइट भिजन “बि” लाई १-० गोल अन्तर ले हराई उपाधितर्फको यात्रा तय गरेको हो । शनिबार नै सम्पन्न अर्कों सेमीफ़ाईनलमा साइपाल एकेडमीलाई ४-० गोल ले हराऊँदै इनसाइट भिजन “ए” ले फ़ाइनलको लागी आफ्नो स्थान सुरक्षित गरेको हो । शनिबार सम्पन्न क्वाटर फ़ाईनलमा पिस पोईन्ट , गणेश एकेडमी, रोयाल्टी कलेज र विट्स एकेडमीलाई क्रमश इनसाइट भिजन “ए” , इनसाइट भिजन “बि” , साइपाल र केब्सले हराई सेमिफ़ाइनलमा पुगेका थिए। केब्सको सुमन लामा र इनसाइट भिजन “ए”का शिशिर लेखि सेमीफ़ाइनलमा “म्यान अफ द म्याच” भएका छन। फ़ाइनल का खेलहरू आज १ बजे पछी लुम्बिनी एकेडमीको फूटसल चुच्चेपाटीमा संचालन हुनेछ।
होली एजुकेशन फाउन्डेसन मुख्य प्रायोजक रहेको सो प्रतियोगिता माघ १२ गते सम्म चल्नेछ । कुल २१ कलेजका २४ वटा टिमले सहभागिता जनाउन लागेको सो प्रतियोगितामा प्रथम स्थान हैसिल गर्नेले नगद पुरस्कार रु ५० हजार सहित ट्रफी मेडल त प्रमाण पत्र प्राप्त गर्नेछ भने दितिय हुने टिमले नगद रु २५ हजार सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ। त्यसै गरि प्रतियोगितामा तृतीय हुने टिमले ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्ने पनि आयोजकले जनाएको छ ।प्रतियोगितामा बिभिन्न विधामा सर्वोत्कृष्ट हुने खेलाडीहरुलाई आयोजक लुम्बिनी कलेज र प्रायोजक होली एजुकेशन फाउन्डेसनको तर्फ बाट गिफ्ट ह्याम्परको व्यवस्था गरिएको पनि आयोजकले बताएको छ।
फाइनलका खेलहरू आज १ बजे पछी लुम्बिनी एकेडमीको फूटसल चुच्चेपाटीमा संचालन हुनेछ।
फोटो : सरोज बस्नेत
तपाइँको प्रतिक्रिया ।