काठमाडौं महानगरपालिका ७ र सामुदायिक सेवा केन्द्र चाबहिलको साइबर क्राइम सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न

काठमाडौं महानगरपालिका ७ र सामुदायिक सेवा केन्द्र चाबहिलको साइबर क्राइम सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाडौँ, माघ ११। काठमाडौं महानगरपालिका वडा नं ७ र  सामुदायिक सेवा केन्द्र चावहिलको संयुक्त  आयोजनामा “साइवर क्राइम सम्वन्धि जनचेतनामूलक कार्यक्रम”शुक्रबार सम्पन्न भएको छ ।  समुदाय प्रहरी साझेदारी अन्तरगत सामुदायिक भवन मैजुबहालमा भएको  उक्त कार्यक्रमको प्रमुख अतिथिको रुपमा  काठमाडौं महानगरपालिका वडा नं ७ का वडा अध्यक्ष शुद्द कुमार डंगोल रहेका थिए भने बिशेष अतिथिको रुपमा महानगरीय प्रहरी वृत गौशलाका प्रमुख प्रदिप कुमार सिंह,  वडा सदस्यहरु निर्मला पुडासैनी,चन्द्रकला सुन्दास,कृष्णमणि भट्टराई,कृष्णप्रसाद घिमिरे, प्रशिक्षक महानगरीय प्रहरी परिसर टेकुका सामुदायिक शाखाका प्रहरी निरिक्षक ज्ञान वा. खड्का, समितिका सल्लाहकारहरु रविन्द्र पन्डित, टीका पराजुली, रविन फुयाल समाजसेवी प्रवेश लामिछाने  लगायत कामपा ७ नं.वडा भित्र रहेका जेष्ठ नागरिक क्लब,विभिन्न संघसंस्था, क्लब महिला समुहहरुको उपस्थिति रहेको थियो।

कार्यक्रमको अध्यक्षता  सामुदायिक सेवा केन्द्र चाबहिलका अध्यक्ष उद्दब प्रसाद बढालले गरेका थिए भने कार्यक्रम संचालन सामुदायिक सेवा केन्द्रका महासचिव आशिष श्रेष्ठले गरेका थिए। कार्यक्रममा सामुदायिक सेवा केन्द्र चाबहिलकी कोषाध्यक्ष रेणु गिरिले स्वागत मन्तब्य  सहित उदेश्य माथि प्रकाश पारेकी थिइन्।  उनले इन्टरनेटको प्रयोग बढेसँगै साइबर क्राइमका घटना दिनदिनै बृद्धी हुन थालेको भन्दै साइबर क्राइमका बारेमा जनचेतना फैलाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिइन । कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नं ७ का वडा अध्यक्ष शुद्द कुमार डंगोल  महानगरीय प्रहरी वृत गौशलाका प्रमुख प्रदिप कुमार सिंह लगायतले समुदायको साथले मात्र प्रहरी सफल हुने धारणा राखेका थिए।

कार्यक्रममा प्रशिक्षक महानगरीय प्रहरी परिसर टेकुका सामुदायिक शाखाका प्रहरी निरिक्षक ज्ञान वा. खड्काले साइबर क्राइमका बारेमा प्रकाश पार्दै इन्टरनेटको माध्यमबाट हुने अपराध, सफ्टवेर ह्याकिङ , इमेल ह्याकिङ र त्यसबाट बच्ने उपायका विषयमा सहजीकरण गरेका थिए ।खड्काले  फेसबुक मार्फत हुने आर्थिक अपाध, साइबर पोर्नोग्राफी, गैरकानुनी ढंगले अर्काको लेख प्रकाशित गर्ने, साइबर स्टाकिङ, जाली नोटको कारोबार, व्ल्याकमेल, यौन शोषण, बदलाको भावना र बेचविखन लगायतका विषयमा प्रहरी कार्यालयमा उजुरी आउने गरेको जानकारी दिदै त्यस्ता गतिविधी गर्नेबाट सजग रहन सुझाव दिएका थिए ।

कार्यक्रममा सहभागीहरुले सोधेको प्रश्न जवाफ समेत दिएका थिए ।उनले सामाजिक सञ्जालमा अपरिचित व्यक्तिसँग अनावश्यक च्याट नगर्ने । आफ्नो अकाउन्ट आफू मात्रै चलाउने । पासवर्ड गोप्य राख्ने ।(वेला–वेलामा आफ्नो अकाउन्ट क्रसचेक गर्ने । बैंकिङ कारोबार गर्दा सजग हुने।आधिकारिक मानिस पहिचान भएपछि मात्रै इमेलबाट गोप्य सूचना आदान–प्रदान गर्ने।भिडियो च्याटमा अश्लील चिज आदान–प्रदान नगर्ने। गोप्य सूचना सकेसम्म सामाजिक सञ्जालमार्फत सेयर नगर्ने । सामाजिक सञ्जालका आफ्नो एकाउन्टको स्थिति सधैँ नियाल्ने। गर्नु पर्ने पनि बताए ।

तपाइँको प्रतिक्रिया ।