लुम्बिनी कप अन्तर कलेज फुटसल प्रतियोगिता शुक्रबार बाट शुरु

लुम्बिनी कप अन्तर कलेज फुटसल प्रतियोगिता शुक्रबार बाट शुरु

कपन अनलाइन

काठमाडौँ, माघ ११ ।चाबहिल चुच्चेपाटी मा संचालित लुम्बिनी कलेज द्वारा आयोजित  अन्तर कलेज लुम्बिनी कप फुटसल प्रतियोगिता शुक्रबार बाट सुरु भएको छ  । खेलकुदको विकास विद्यालय र कलेजतहबाटै शुरु हुने भएकाले यसले खेलाडीलाई फुटबलमा लाग्ने प्रेरित गर्नुको साथै विधार्थीका बीचमा स्वस्थ्य प्रतिस्पर्धा, शारीरिक र मानसिक रुपमा दुरुस्त रहन यस्ता प्रतियोगिता सहयोगी हुने विश्वासका साथ  उक्त प्रतियोगिता आयोजना गरिएको हो ।नक आउटको आधारमा खेलाइएको  सो प्रतियोगिता लुम्बिनी  फुटसल चुच्चेपाटीमा जारी रहेको छ ।

शुक्रबार सो प्रतियोगिताको उद्घटन समारोहका प्रमुख अतिथि काठमाडौं महानगरपालिका वडा नं ७ का वडा अध्यक्ष शुद्द कुमार डंगोल रहेका थिए सो कार्यक्रममा लुम्बिनी कलेजका  प्रिन्सिपल रबिन  चन्द्र कोइराला  लगायत बिभिन्न कलेजका  शिक्षक प्रतिनिधि खेलाडी र खेल प्रेमी दर्शकहरुको उपस्थिति रहेको थियो । कार्यक्रम संचालन लुम्बिनी कलेजका शम्भु कार्कीले गरेका थिए।

कार्यक्रममा  प्रमुख अतिथिको रुपमा बोल्दै काठमाडौं महानगरपालिका वडा नं ७ का वडा अध्यक्ष शुद्द कुमार डंगोल ले शैक्षिक ज्ञान र शिप विकास को साथ साथै खेलको माध्यम बाट आचरण सुधार गर्दै खेल कौशलको विकास गर्दै अन्य शैक्षिक संस्थाहरु संगको सम्बन्ध प्रगाढ बनाउने उदेश्य राखेर प्रतियोगिता संचालन गरिएको  प्रतियोगिता सफलताको शुभकामना ब्यक्त गरेका थिए।

उनले  स्वास्थ्यको लागि खेलकुदको निकै आवश्यक रहनुका साथ खेलकुदबाट बिश्वमा राष्ट्रलाइ चिउने माध्यम  समेत भएको बताए ।  उनले विद्यालय कलेज स्तरबाट नै खेलाडी उत्पादन गर्न सके प्रतिभावान खेलाडी उत्पादन नभएर त्यसले राष्ट्रका लागि फाइदा पुर्‍याउनु बताए। अन्तर कलेज  फुटसल प्रतियोगितालाई निरन्तरता दिनुपर्नेमा जोड दिदै। ‘सबै खेलका खेलाडीहरु विद्यालय /कलेज बाट नै उत्पादन गर्ने अभियानमा लाग्नुपर्छ, उनले भने   विद्यालय कलेज  जग हो। जग बलियो भयो भने घर बलियो हुन्छ।’ उनले खेलाडीहरुलाई अनुशासनमा रहेर खेल्न अनुरोध समेत गरेका थिए ।

कार्यक्रममा बोल्दै लुम्बिनी कलेजका प्रिन्सिपल रबिन चन्द्र कोइरालाले उपस्थित सबैलाई धन्यवाद दिएका थिए ।उनले  लुम्बिनी कलेजले पढाई को साथ् साथै  बिद्यार्थी खेलाडीको मानसिक बौद्धिक तथा शारीरिक बिकासका लागि खेलकुद लगायतका अतिरिक्त क्रियाकलाप संचालन गर्दै आएको पनि बताए।  उनले बिद्यालय नियमित रुपमा खेलकुद लगायत अन्य सृजनात्मक कार्यक्रम गर्दै बढी भन्दा बढी बिद्यार्थीहरुलाई सहभागी गराई उनीहरुको क्षमता विकास गर्न लागि  परेको पनि बताए।प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि काठमाडौं महानगरपालिका वडा नं ७ का वडा अध्यक्ष शुद्द कुमार डंगोल सहित अतिथिहरुले संयुक्त रुपमा रेफ्रीलाइ बल हस्तान्तरण सहित  गरेका थिए।

शुक्रबार भएको पहिलो उद्घाटन खेल आयोजक लुम्बिनी कलेज ए  र न्यु समिट कलेज बीच  भएको थियो ।निकै नै प्रतिस्पर्धात्मक बनेको सो खेलमा आयोजक लुम्बिनी कलेज ए लाइ न्यु समिट कलेजले २-१ गोल अन्तरले पराजित गर्दै अर्को चरणमा प्रवेश गरेको छ। १०/१० मिनेटको समय सीमामा खेलाइएको सो खेलमा न्यू समिटले निर्धारित समय भित्र १ गोलको अग्रता लिदै उद्घाटन खेल जितेको हो  ।

शुक्रबार नै  भएको अन्य खेलहरूमा व्हाइट हाउसलाई साइपालले १-० ले  पराजित गरेको थियो त्यसै गरि , रोयल्टी कलेजले  भेंनस कलेजलाई १-० ले परजित गरेको थियो भने  विट्स  कलेजले लिबर्टी कलेजलाई २-१ ले पराजित गर्यो । यसैगरी गणेश  एकेडमी , इंसाइट बि , टाइम्स,  आयोजक लुम्बिनी  र पिसपोईन्टले क्रमश, न्युटन , लिटल बड़, रिम्स आकशदीप र एचआरआइटी एकेडमीलाई पराजित गरी दोस्रो चरणमा प्रबेस गरेका छन । केब्स र ईस्ट पोल कलेजले भने बाई पाएर दोस्रो चरणको यात्रा तय गरेका छन्  ।शनिबार  प्रतियोगिताको क्वाटरफ़ाइनल र सेमीफ़ाइनलका खेलहरू संचालन हुनेछन ।

होली एजुकेशन फाउन्डेसन मुख्य प्रायोजक रहेको सो प्रतियोगिता माघ १२ गते सम्म चल्नेछ ।  कुल २१ कलेजका २४ वटा  टिमले सहभागिता जनाउन लागेको सो प्रतियोगितामा प्रथम स्थान हैसिल गर्नेले नगद पुरस्कार रु ५० हजार सहित ट्रफी मेडल त प्रमाण पत्र प्राप्त गर्नेछ भने दितिय हुने टिमले नगद रु २५ हजार सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ। त्यसै गरि प्रतियोगितामा तृतीय हुने टिमले ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्ने पनि आयोजकले जनाएको छ ।प्रतियोगितामा बिभिन्न विधामा सर्वोत्कृष्ट हुने खेलाडीहरुलाई आयोजक लुम्बिनी कलेज  र प्रायोजक होली एजुकेशन फाउन्डेसनको तर्फ बाट गिफ्ट ह्याम्पर को व्यवस्था गरिएको पनि आयोजकले बताएको छ।

फोटो : सरोज बस्नेत

तपाइँको प्रतिक्रिया ।