लायन्स क्लब काठमाडौं आधारको आयोजनामा एक महिने व्युटिसियन सम्बन्धि आधारभूत तालिम सुरु

लायन्स क्लब काठमाडौं आधारको आयोजनामा एक महिने व्युटिसियन सम्बन्धि आधारभूत तालिम सुरु

कपन अनलाइन

काठमाडौं, माघ ७। लायन्स क्लब इन्टरनेसनल ३२५ बि १ अन्तर्गत रहेको लायन्स क्लब काठमाडौं आधारले व्युटिसियन सम्बन्धि एक महिने आधारभूत तालिम सुरु गरेको छ ।

तालिम उद्घाटन कार्यक्रममा प्रमुख अतिथि डिस्ट्रीक्ट गभर्नर इन्दु लम्साल, अतिथिहरु डिस्ट्रीक्ट ट्रेजर भिम पौडेल,  डिस्ट्रीक्ट सिनियर ए जिवो मणि श्री  क्लस्टर चिफ सरस्वती ज्ञवाली, जोनचेयर पर्सन जमुना पौडेल त्यसैगरी रोज सीप बिकास तालिम केन्द्रका अध्यक्ष तथा लायन्स क्लब अफ काठमाडौ आधारका निर्देशक सोनी कारंजित लगायतको लायन्स क्लब अफ काठमाडौ आधारका सदस्य र सहभागीहरुको उपस्थिति रहेको थियो ।

लायन्स क्लब ३२५ बि १ कि गभर्नर इन्दु लम्सालले ब्युटिसियन सम्बन्धि निशुल्क प्रशिक्षणको उद्घाटन गर्दै प्रशिक्षणले महिलाहरुमा व्युटि पार्लर सम्बन्धि ज्ञान हुने र उनीहरु आत्मनिर्भर हुन् सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।

साथै रोज सिप विकाश तालिम केन्द्रको सहकार्यमा निम्न आयस्तर भएका महिलाहरुलाई लायन्स क्लब काठमाडौं आधारबाट यो प्रशिक्षण सुरु गरिएको गभर्नर लम्सालले बताईन् ।

लायन्स क्लब काठमाडौं आधारकी अध्यक्ष रेश्मा श्रेष्ठले प्रशिक्षणमा सहभागीहरुलाई सफलताको शुभकामना दिँदै लायन्सले रोजगारीका लागि यस्ता थुप्रै प्रशिक्षण दिएर आत्म निर्भर बनाउँदै आएको बताईन् ।

रेश्मा श्रेष्ठको नेतृत्वमा रहेको लायन्स क्लब काठमाडौं आधारले निशुल्क  स्वास्थ्य शिबिर, जनचेतना मुलक कार्यक्रम, मोटरसाइकल र्याली लगायत थुपै कार्यक्रम गरेको र ‘राईज टु इम्पावर’ नारा अनुसार यो ब्युटिसियन सम्बन्धि निशुल्क प्रशिक्षण कार्यक्रम गरेको हो ।

यो प्रशिक्षण ५ माघबाट २५ जना महिलाहरुलाई एक महिनसम्म ब्युटिसियन ट्रेनिङ सुरु गरिएको छ। सो कार्यक्रम  लायन्स क्लब काठमाडौं आधारकि दोस्रो भाइस प्रेसिडेन्ट गेल्मु शेर्पा बुढाथोकीले संचालन गरेकी थिइन् ।

तपाइँको प्रतिक्रिया ।