कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

कपन अनलाइन

काठमाडौं, माघ ७। कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी धादिङ बेनीघाट रोराङ गाउँपालिका-७ घर भएका काठमाडौं महानगरपालिका-३ बसुन्धरा बस्ने कमल झ्याप्ले, कमल न्यौपाने भन्ने २५ वर्षीय कमल विकलाई गोंगबु गणेशस्थानबाट सोमबार प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटनको २०७२ असार २२ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा १० बर्ष कैद सजाय भई फरार रहेका उनलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । कमलले २०७१ पुस ३० गते काठमाडौं टोखा नगरपालिका-१३ दिपज्योतीस्थित धादिङ तिप्लाङ-९ घर भएका काठमाडौं गोलढुंगा बस्ने २५ वर्षीय युरूङ तामाङको हत्या गरी फरार भएका थिए ।

कमललाई आवश्यक कारवाहीका लागि मंगलबार जिल्ला अदालत काठमाडौं बबरमहल पठाइएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।