मुख्यमन्त्री डोरमणि पौडेल सहितको टोलिद्वारा हेटौँडाको बाइपास रोडको अनुगमन
कपन अनलाइन
मकवानपुर, माघ ७। बागमती प्रदेश सरकारको १३ करोड ८४ लाख लगानी निमार्ण गर्न लागेको हेटौंडाको चौकीटोल देखि कुखरेनीसम्म सडक अनुगमन गरिएको छ ।
हेटौंडाको मुख्य बजार क्षेत्रको सडकको चापलाई कम गर्ने उद्धेश्यले निर्माण गर्न लागिएको सडकको प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल सहित टोलीले अनुगमन गरेको हो ।
हेटौंडाका मुख्य सडकमा बढ्दो सवारीजाम र ध्वनि प्रदुषणबाट मानव स्वास्थ्यमा प्रतिकूल असर परेको भन्दै मुख्यमन्त्री पौडेलको सक्रियतामा मंसिरदेखि सुरु गरिएको वैकल्पिक सडक निर्माण दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । चौकीटोलको झोलुंगे पुलदेखि राप्तीखोला किनार कुखरेनी खोला भएर चुरियामाईसम्म सडक निर्माण गर्न लागिएको हो ।
सडक निर्माणपछि ठूला सवारीसाधन सञ्चालन गर्ने कामसंगै राप्ती किनारलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने मुख्यमन्त्री पौडेलले बताए। उक्त सडकखण्डमा ग्याबिन लगाउने, आरसीसी पर्खाल लगाउने र दाया“बाया“ ५० मिटर क्षेत्र कायम गरी तत्कालका लागि ८ दशमलव ५ मिटर सडक निर्माण गरिने छ ।