हेलम्बुको शेर्माथानमा लायन्स क्लब ईन्टरनेसनल डिस्ट्रिक गभर्नर थर्ड एड्भाइजरी मिटिङ

हेलम्बुको शेर्माथानमा लायन्स क्लब ईन्टरनेसनल डिस्ट्रिक गभर्नर थर्ड एड्भाइजरी मिटिङ

कपन अनलाइन

काठमाडौं ,माघ ६।

लायन्स क्लब ईन्टरनेसनल डिस्ट्रिक  गभर्नर थर्ड एड्भाइजरी मिटिङ हेलम्बुको शेर्माथानमा सम्पन्न भएको छ। लायन्स क्लब अफ सिन्धुपाल्चोकले होस्ट गरेको सो बैठकमा लायन्स क्लब अफ काठमाडौं डाफे ,लायन्स क्लब अफ सिन्धुपाल्चोक ,लायन्स क्लब अफ काठमाडौं युनाइटेड ग्रुप र लायन्स क्लब अफ काठमाडौं व्ह्वाइट गुराँसको सहभागिता रहेको थियो।

लायन्स क्लब ईन्टरनेसनल डिस्ट्रिक गभर्नर इन्द्र खत्री राजनको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा बागमती प्रदेशका प्रदेस सभा सदस्य निमा लामा ,जिसस सिन्धुपाल्चोकका प्रमुख कृष्ण गोपाल तामांग ,लायन लिडरहरु उत्तम कायस्थ र सुनिल भक्त श्रेष्ठसहित विभिन्न क्लवका प्रतिनिधिहरुको सहभागिता रहेको थियो।

सहभागी क्लवका प्रेसिडेन्टहरुले प्रगति प्रतिवेदन तथा आगामी दिनका कार्ययोजना प्रस्तुत गरेको सो बैठकमा बोल्दै प्रमुख आतिथि खत्रीले सुन्दर शेर्माथानमा कार्यक्रम आयोजना गार्नु साहासको काम भएको भन्दै त्यसमा पनि महत्वपूर्ण राजनीतिक नेतृत्व र प्रमुख लायन्स लिडरको सहभागिता उपलव्धिपूर्ण भएको बताएका थिए ।

सो क्षेत्रको प्रकृतिले आफुलाई लोभ्याएको भन्दै उनले आगामी दिनमा आफ्नो प्रत्यक्ष आर्थिक र भौतिक सहयोगमा हेलम्बु यात्रा गर्ने योजना सुनाउदै खत्रीले लायन्स क्लवले पर्यटन प्रवर्धन र अन्य सामाजिक क्षेत्रमा सक्रियता पुर्वक काम गरेको बताएका थिए ।

उक्त अवसरमा गभर्नर खत्रीले विभिन्न लायन लिडरहरुलाई पिन प्रदान गरेका थिए।

 

 

तपाइँको प्रतिक्रिया ।