प्रहरी महानिरिक्षक खनालद्वारा पोखरामा परामर्श केन्द्रको समुद्‍घाटन

प्रहरी महानिरिक्षक खनालद्वारा पोखरामा परामर्श केन्द्रको समुद्‍घाटन

कपन अनलाइन

काठमाडौँ, माघ ६ । मुदाय-प्रहरी साझेदारी अभियान अन्तर्गत यही माघ ०५ गते पोखरा स्थित नयाँबजारमा नेपाल प्रहरी र पोखरा महानगरपालिकाको सहकार्यमा लागूऔषधको प्रयोग, रोकथाम र नियन्त्रणका लागि सञ्चालित कानूनी तथा मनोसामाजिक नि-शुल्क “परामर्श सेवा केन्द्र” को संगठन प्रमुख प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समुद्‍घाटन गरेका छन् ।

परामर्श केन्द्रको समुद्‍घाटन पश्चात कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक खनालले लागूऔषध दुर्व्यशन कानूनी कारवाहीबाट मात्र रोकथाम र नियन्त्रण हुन नसक्ने भएकाले लागूऔषधको दुर्व्यसनमा फसेका युवा-युवतीहरुलाई परामर्शका माध्यमबाट समाजमा स्थापित गर्न उक्त परामर्श केन्द्रको स्थापना गरेको बताए।
साथै परामर्श केन्द्रको स्थापनाले सकरात्मक परिवर्तनमा उल्लेख्यीय भूमिका निर्वाह गर्ने कुरा बताउँदै लागूऔषधको सेवनले घर, समाज र देशलाई नै नकारात्मक असर पार्ने भएकोले सबैले सहकार्य गरी यसको नियन्त्रण गर्नुपर्ने बताए।
व्यक्तिगत स्वार्थका लागि आम नागरिकको जिवन माथि नै संकट आउने गरी युवा युवतीको भविष्य र जिवन बर्बाद हुने लागूऔषधको कारोबार गर्नेलाई भने नेपाल प्रहरीले कुनै पनि हालतमा नछाड्ने बताउँदै त्यसता तत्वहरुलाई कानूनी दायरामा ल्याउन प्रहरी लागि परेको कुरा समेत बताए ।
उक्त कार्यक्रममा आफ्नो मन्त्वय राख्नु हुँदै गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद शर्मा घिमिरेले लागूऔषध दुर्व्यशनमा फसेका व्यक्तिहरुलाई कानूनी कारबाहीको साथै परामर्श समेत आवश्यक रहेको अवस्थामा उक्त परामर्श केन्द्रको स्थापनाले लागूऔषध नियन्त्रण गर्न सहयोग पुग्ने विश्‍वास व्यक्त गरे।
साथै उनले अब लागूऔषध दुर्व्यशन जस्तो गम्भिर विषयलाई व्यक्तिगत हैसियत र सामाजिक प्रतिष्ठाको विषयमा जोडी लुकाएर नराख्न आग्रह गर्दै अब छिटो भन्दा छिटो प्रहरीको सम्पर्कमा आई पुन:स्थापनाको मार्गमा लाग्न आग्रह समेत गरे।

सो कार्यक्रममा धन्यवाद मन्त्वय राख्नुहुँदै पोखरा महानगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ०५का वडाध्यक्ष धन बहादुर नेपालीले पोखरा महानगरपालिकाले लागूऔषध नियन्त्रण लागि प्रहरीसँग समन्वय गरी विभिन्न सामाजिक कार्यहरु गर्दै आएको बताउँदै परामर्श केन्द्रलाई निरन्तर रुपमा संचालन गर्न महानगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उक्त कार्यक्रममा पोखरा स्थित लागूऔषध रोकथामका क्षेत्रमा काम गर्ने विभिन्न व्यक्तिहरु, स्थानीय जनप्रतिनिधिहरु, आमा समूह, विभिन्न स्कुल तथा क्यामपसका शिक्षक शिक्षिका तथा विद्यार्थीहरु, सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष तथा प्रतिनिधिहरु, पोखरा स्थित विभिन्न प्रहरी कार्यालयका प्रमुख तथा अन्य प्रहरी कर्मचारीहरु, पत्रकार लगायत आम नागरिकको उपस्थिति रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।