चामुण्डा गोकर्णेश्वर मेयर कप ओपन सिक्स रेड स्नुकर च्याम्पियनसिप हुने

चामुण्डा गोकर्णेश्वर मेयर कप ओपन सिक्स रेड स्नुकर च्याम्पियनसिप हुने

कपन अनलाइन

काठमाडौं, माघ ५ । नेपाल विलियर्ड, स्नुकर तथा पुल संघको सहयोग तथा चामुण्डा स्नुकर क्लबको आयोजनामा प्रथम चामुण्डा गोकर्णेश्वर मेयर कप ओपन सिक्स रेड स्नुकर च्याम्पियनसिप माघ २५ गतेदेखि हुने भएको छ ।

प्रतियोगितामा नेपालका विभिन्न ४५ जिल्ला र भारतका गरी २ सय ५६ खेलाडीको सहभागिता अपेक्षा गरिएको आइतबार आयोजित पत्रकार सम्मेलनमा पूर्व राष्ट्रिय च्याम्पियन नेपाल विलियर्ड, स्नुकर तथा पुल संघका अध्यक्ष सरोजकुमार मुल्मीले जानकारी गराए । नेपाली स्नुकरको इतिहासमा १ सय ४८ खेलाडी सहभागी प्रतियोगिता नै सबै भन्दा धेरै खेलाडी सहभागी भएको प्रतियोगिता हो । करिब ६ महिना अघि चामुण्डा स्नुकर क्लबले नै आयोजना गरेको चामुण्डा स्नुकर प्रतियोगितामा १ सय ४८ खेलाडी सहभागी भएका थिए ।

आयोजक क्लबका प्रबन्ध निर्देशक विनेश डंगोलले जिल्लाबाट आउने खेलाडीलाई बसोवास तथा भारतबाट आउने खेलाडीलाई बसोवास र खानाको व्यवस्था गरिने जानकारी दिए । भारतबाट करिब १७ खेलाडी आउने अनुमान गरिएको प्रबन्ध निर्देशक डंगोलले बताए ।

विजेताले १ लाख ५० हजार, उपविजेताले ६० हजार र तेश्रो हुने दुई खेलाडीलाई जनही २० हजार नगद पुरस्कार दिइने छ । ७५ अंकसम्म सर्वाधिक ब्रेककर्तालाई ३० हजार तथा सो भन्दा मुनी सर्वाधिक ब्रेककर्तालाई १५ हजार नगदबाट पुरस्कृत गरिने छ । उत्कृष्ट खेलाडी, अनुशासित खेलाडी र उदीयमान खेलाडीलाई समान १०–१० हजार नगद प्रदान गरिने छ ।

प्रतियोगिता सञ्चालन गर्न करिब ३१ लाख खर्च हुने बताइएको छ । फागुन १७ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु जोरपाटीस्थित आयोजक क्लबको आफ्नै हलमा हुने छ । आयोजकका अुनसार सिक्स रेड स्नुकर प्रतियोगिता नेपालमा पहिलो पटक हुन लागेको हो ।

तपाइँको प्रतिक्रिया ।