नक्कली नेपाली नोटसहित कलंकी चोकबाट २ जना पक्राउ

नक्कली नेपाली नोटसहित कलंकी चोकबाट २ जना पक्राउ

कपन अनलाइन

काठमाडौं, माघ ५  ।प्रहरीले नक्कली नेपाली नोटसहित २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बारा निजगढ घर भएका २७ वर्षीय अनुस थापा मगर र  २२ वर्षीय रवि आले मगर रहेका छन् ।

महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका १४ स्थित कलंकी चोकबाट नेपाली ३१ हजार रुपैयाँसहित उनीहरुलाई पक्राउ गरेको हो ।

घटना सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।