पशुपति क्षेत्रमा स्वीकृतिबिना राखिएका पसल हटाइने

पशुपति क्षेत्रमा  स्वीकृतिबिना राखिएका पसल हटाइने

कपन अनलाइन

काठमाडौँ,माघ २। पशुपति क्षेत्रमा स्वीकृतिबिना राखिएका पूजा सामग्री लगायतका  पसल हटाइने भएको छ ।
पशुपति क्षेत्र विकास कोषले सार्वजनिक सूचना निकालेर एक हप्ताभित्र पशुपति क्षेत्रका वनकाली, भकुण्डोल, मृगस्थली, कैलाश डाँडा, गुह्येश्वरीलगायत क्षेत्रमा राखिएका पसल हटाउन निर्देशन दिएको हो ।

स्वीकृति नलिइ राखिएका पसलले पशुपति क्षेत्र आउने पर्यटकलाई असहज भएको, पवित्र धार्मिकस्थलको सौन्दर्यमा कमी आएकाले हटाउन निर्देश गरिएको कोषले जनाएको छ ।
पञ्चदेव पछाडिका २६ पसलले मात्र स्वीकृति लिए पनि झण्डै दुई सय पसल टहरामा सञ्चालन गरिएको छ । तीर्थयात्री एवं पर्यटकलाई हिँडडुलमा असजिलो भएको कोषले जनाएको छ ।

यसैबीच कोषले पर्यटकलाई आकर्षित गर्न अब हरेक महिनाको पहिलो दिन संगीत सन्ध्या आयोजना गर्ने भएको छ ।

तपाइँको प्रतिक्रिया ।