गजुरी गाउँपालिकाको लोगो सार्वजनिक
कपन अनलाइन
काठमाडौँ,पुस २९। धादिङको गजुरी गाउँपालिकाको छैठौ गाउँ सभाले गाउँपालिकाको लोगो सार्वजनिक गरेको छ ।
छैठौं गाउँ साभाको अबसर पारेर गजुरी गाउँपालिकाका अध्यक्ष राजेन्द्र विक्रम बस्नेत र उपाध्यक्ष सिता ढुङगानाले संयुक्त रुपमा लोगो सार्वजनिक गरेका हुन् । लोगोमा गाउँपालिका भित्रका जात–जाति, प्राकृतिक स्रोत ,डाँफेचरा ,गाउँपालिकाको नक्सा समेत समेटेर बनाइएको छ ।
नक्सामा पर्यटकिय सम्भावना, विभिन्न जनजातिको पहिचान र राष्ट्रिय एकता झल्कने गरि बनाईएको गजुरी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत युवराज अर्यालले जानकारी दिए ।
गाउँ सभाले प्रदेश र केन्द्रबाट प्राप्त योजनाहरुको कार्यान्वयनको विषय छलफल गरेको गाउँपालिका अध्यक्ष राजेन्द्र बस्नेतले बताएका थिए ।
उत्तरमा गोसाइँकुण्ड बाट आयको कन्चन पानी बग्ने त्रीशुली नदि देखि दक्षिणमा महाभारत पर्बत शृङ्खला सम्म फैलिएको गाउँपालिकामा उच्च हिमाली पर्बत शृङ्खलाहरुको मनोरम दृस्याबलोकन गर्न सकिने तथा पर्यटनको दृस्टिकोणले अति नै संभावना रहनुका साथै गजुरी गाउँपालिका बिबिध जातजाती, भाषा संस्कृतिले सजिएकोले तिनको केही झलक आउने गरि लोगो निर्माण गरेको र सो गाउँपालिकाको पहिचान रहेको उपप्रमुख सीता ढुंगानाले बताइन ।
तपाइँको प्रतिक्रिया ।