श्री भद्रकाली बिद्यालय बुढानिलकण्ठ -६ मा प्ले स्टेशन उद्घाटन

श्री भद्रकाली बिद्यालय बुढानिलकण्ठ -६ मा प्ले स्टेशन उद्घाटन
कपन अनलाइन

काठमाडौँ,पुस २९ । श्री भद्रकाली आधार भुत बिद्यालय बुढानिलकण्ठ -६ का विध्यार्थीहरुलाई कोरियन स्वयंसेवकहरुले खेलकुदका सामाग्री वितरण गरेका छन।

प्रदेश सभा सदस्य दिपक निरौलाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा -६ का अध्यक्ष नवीन केसि , कोरियन स्वयंसेवक पार्क योङ सुङ ,किम जि , वडा सदस्य नानू खड्का , नेकपा बुढानिलकण्ठ सचिव प्रदिप डङोल लगायत अतिथि रहेको थियो।

बिद्यालय ब्यबस्थापन समितीकि अध्यक्ष सफला केसिको अध्यक्षतामा भएको कार्यक्रममा बिद्यालय प्राङ्गणमा निर्माण गरिएको प्ले स्टेसन पनि उद्घाटन गरिएको थियो।

ट्रेकिङ गाइड फुर्वा शेर्पाले सहजीकरण गरेको कार्यक्रममा कोरियन स्वयंसेवकले खेलकुद सामाग्री तथा शैक्षिक सामाग्री पनि प्रदान गरिएको थियो।
सो अवसरमा बोल्दै प्रमुख अतिथि निरौलाले सामुदायिकबिद्यालयको  शैक्षिक सुधारका लागि सबैले पहल गर्नुपर्ने बताएका थिए । सहयोगी दाता , विध्यालय प्रसासन , शिक्षक सबैले सक्रियता पुर्वक काम गर्नुपर्ने बताउदै आफुले पुर्ण सहयोग गर्ने धारणा राखेका थिए ।
उक्त कार्यक्रममा वडा ६ का अध्यक्ष केसिले आफ्नो वडाको एक मात्र सामुदायिक बिद्यालय श्री भद्रकालीलाई नमुना बनाउने प्रतिवदत्ता व्यक्त गरेका थिए।
अहिले एउटा सुविधा सम्पन्न भवन रहेकोबिद्यालयले प्रदेस सरकारको सहयोगमा नयाँ भवन निर्माण शुरु गर्न लागेको जानकारी दिइएको छ।
तपाइँको प्रतिक्रिया ।