बुढानिलकण्ठ -६ को सृजनात्मक पहल निशुल्क नृत्यकला प्रशिक्षण

बुढानिलकण्ठ -६ को सृजनात्मक पहल निशुल्क नृत्यकला प्रशिक्षण

कपन अनलाइन

काठमाडौँ ,पौष २८।

बुढानीलकण्ठ नगरपालिका वडा-६ मा नियमित भन्दा फरक रुपमा नबिनतम कामको शुरुवात भएको छ।

प्रतिनीधी सभा र प्रदेस सभाका सांसदहरु संगको सहकार्यमा भौतिक विकासल निर्माण लाई तीव्रता दिएको वडाले वडाका रचनात्मक प्रतिभालाई प्रवर्धन गर्ने उदेस्यले निशुल्क नृत्य प्रशिक्षण संचालन गरेको छ।

कला,संगीत र नृत्यमा रुची भएका तर आर्थिक लगायतका कारणले सो अवसरबाट बन्चित रहेका वडाका नागरिकहरुको लागी यो निशुल्क प्रशिक्षण संचालन गरेको वडा अध्यक्ष नबिन केसीले बताए ।

स्थानिय सरकारको सबै भन्दा तल्लो इकाई वडाको काम केवल भौतिक र सामाजिक विकास नभएको बताउने अध्यक्ष केसीले सृजनात्मक प्रतिभा उत्पादन पनि वडाको दायित्व रहेकोले त्यस तर्फ आफू सचेत भएको बताए ।

तपाइँको प्रतिक्रिया ।